धनगढी । कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।लम्कीचुहा नगरपालिका(६ बाहुनपुर बस्ने २० वर्षीय गणेश परियारमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका परियारको लम्किचुहास्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।उनको टाउकोमा तीन, बाँया हातमा तीन र दाहिने हातमा एक टाँका लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
परियारमाथि स्थानीय रोशन भुलसहित तीन जनाले खुकरी प्रहार गरेको आरोप लागेको छ।उनीहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।