धनगढी, २९ कार्तिक / खाद्य ब्यवस्थातथा ब्यापार कम्पनी लिमिटेड र सरकारले किसानको माग प्रति बेवास्ता गर्दै किसानको धान खरिद नगरिदिएपछि किसान हरू खाद्य कार्यालयमा तालाबन्दी गर्न जाने भएका छन्।
कैलाली जिल्लाका किसानहरूले सरकारले तोकेको धानको न्यूनतम मूल्य प्राप्त नपाएपछि गत महिना युवा अभियन्ता नेत्र भण्डारी किसानका पक्षमा जिल्ला प्रशासन कार्यालय कैलालीमा अनसन बसेपछि किसान को धान खाद्य कम्पनी लिमिटेडले खरिद गर्ने सहमति भएको थियो।
खाद्य कम्पनीले वार्ताका क्रममा ६० हजार कुन्टल धान खरिद गर्ने र खरिदका लागि आएको किसानको धन फिर्ता नगर्ने बताए पनि अहिले ३५ हजार मात्रै खरिद गरेर खरिद बन्द गरिदिएपछि किसानहरुले उत्पादन गरेको धान अत्यन्त सस्तो मूल्यमा बेच्न बाध्य भएका छन् ।
अहिले व्यापारीहरूसँग २५०० रुपैयाँ प्रति क्विन्टल किसानले धान बेच्न बाध्य हुने अवस्था आएपछि कैलाली र कञ्चनपुरका किसान हरू धान बिक्री नभएको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिन लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको सहमति कार्यान्वयनमा भएको भन्दै कैलाली कञ्चनपुरका किसानहरूलाई खाद्य व्यवस्था कम्पनीको कार्यालयमा गरिने तालाबन्दीमा सरिक हुन युवा अभियन्ता नेत्र भण्डारीले आह्वान गरेका छन्।
भण्डारीले पर्सि सोमबार १० बजे बिहान खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी गरिने भएकाले कैलाली र कंचनपुर जिल्लाका किसानअरुलाई उपस्थितिका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन्।