धनगढी २४ कार्तिक / धनगढी चौराहामा रहेको भिआइपी स्पामा आइतबार राति करिब ११ बजे लफडा हुँदा एकजना गम्भीर घाइते भएका छन्। धनगढी बजार राति ९ बजे नै बन्द हुने भएपनि सबैले नियमको पालना नगरेको स्पामा भएको घटनाले थप प्रष्ट पार्छ।
यसै विषयमा कैलाली जिल्ला प्रहरी उपरीक्षक नरेन्द्र चन्द सँग जानकारी लिँदा स्पामा राति ११ बजे लफडा भएको र ६ जनालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको बताए।
तर सुदूरपत्र अनलाइनको आन्तरिक स्रोतका अनुसार बहालवाला प्रहरी सहायक निरीक्षक भूपेन्द्र शाहीले सञ्चालन गरिरहेको स्पाले नियमको पालना नगरिरहेको बताए।
बहालवाला प्रहरी कर्मचारीहरूले धनगढीमा नियम विपरीत कहीँ स्पा कहीँ दोहोरी साँझ चलाउँदै आएका स्रोतको दाबी छ।