धनगढी । कैलाली कारागारबाट फरार भएका २५७ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ ।
हालसम्म चार सय १७ कैदीबन्दी कारागार फर्केको जेलर चिरीञ्जिवी सापकोटाले जानकारी दिए । कारागार फर्केका मध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६५ जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये धेरैजसो आफैै फर्केका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । कारागारमा ६६७ जना कैदीबन्दी रहेकोमा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेका जनाइएको छ ।