• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपा नेता भीम रावलको नाम तीन निर्वाचन क्षेत्रबाट सिफारिस

धनगढी , २८ पुस / नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेशका ९ वटै जिल्लाबाट केन्द्रमा पठाइएको सिफारिस सूची हेर्दा अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न चाहने नेताहरूको भिड देखिएको छ ।

कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायतका जिल्लामा एकै सिटका लागि कैयौँ नेता उम्मेदवार बन्न तम्सिएको परिस्थितिमा बाजुराबाट भने प्रकाश शाहको नाम सर्वसम्मत रूपमा एकल सिफारिस भएको छ

पार्टीको केन्द्रीय कार्यालयले पठाएको विशेष सर्कुलर अनुसार जिल्ला कमिटीहरूले उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक डाकेका थिए । अन्य जिल्लामा सहमति जुट्न नसकेपछि आकाङ्क्षी सबैको नाम केन्द्रमा पठाइएको छ, तर बाजुरा जिल्ला कमिटीले भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फका लागि प्रकाश शाहको नाममात्र सर्वसम्मत रूपमा सिफारिस गरेको हो । पार्टीभित्रको गुटबन्दी र आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै सिङ्गो जिल्ला कमिटीले उनलाई निर्विकल्प नेताका रूपमा स्वीकार गरेको हो ।

शाह बाजुरामा सर्वसम्मत हुँदा अन्य जिल्लामा भने पार्टीका शीर्ष नेताहरू नै टिकटका लागि अन्तरसंघर्षमा छन् । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका डा भीम रावलको नाम तीन वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । उनको गृहजिल्ला अछामको क्षेत्र नं १, कैलालीको क्षेत्र नं २ र क्षेत्र नं ५ बाटसमेत उनको नाम सिफारिस भएको छ ।

यस्तै सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको नाम डोटी र कैलाली क्षेत्र नं ५ गरी दुई ठाउँबाट सिफारिस भएको छ । कञ्चनपुर–१ बाट पूर्वमन्त्री बिना मगरसँगै जम्मा ८ जना आकाङ्क्षी लाइनमा छन् ।

कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवार आकाङ्क्षीको लर्को छ । क्षेत्र नं १ मा हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देवकर, प्रेम साउद लगायत ८ जनाको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं २ मा डा। भीम रावल, लालबहादुर सोडारी, कर्णप्रसाद जैशी लगायत ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ मा बिरमान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य लगायत ८ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ४मा दीर्घ सोडारी, कृष्णराज सुवेदी, हरिराम चौधरी, मिनराज बडु लगायत ९ जना र क्षेत्र नं ५ मा डा। भीम रावल, भानुभक्त जोशी, त्रिलोचन भट्ट, ओमप्रकाश पुन, सुशीला बुढाथोकी लगायत ११ जनाको नाम सिफारिस गरिएको हो।

अछामको क्षेत्र नं १ मा डा। भीम रावल पहिलो नम्बरमा सिफारिस भएका छन् । यद्यपि सो क्षेत्रमा कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, शिवसुन्दर शाही लगायत ९ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं २ मा शरद सिंह भण्डारी, भरतबहादुर साउद, रामप्रसाद तिमिल्सेना, शिवबहादुर बोगटी लगायत १० जनाको नाम सिफारिस गरिएको छ । कञ्चनपुरको क्षेत्र नं १ मा बिना मगर, लोकेन्द्र प्रसाद लम्साल, भक्तबहादुर अधिकारी लगायत ८ जना, क्षेत्र नं २ मा लालबहादुर खड्का, जयराज पाण्डेय, माधव प्रसाद पन्त लगायत ७ जना र क्षेत्र नं ३ मा मानबहादुर सुनार, हरक सिंह धामी, दिपक सिंह साउद लगायत ५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै डोटीबाट पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, हर्कबहादुर सिंह, जग विक, अन्जिता श्रेष्ठ, वीरबहादुर थापा लगायत ८ जना सिफारिस भएका छन् । डडेल्धुरामा नेकपाबाट मानसिंह माल, अम्बरबहादुर बोहरा, निरादेवी जैरु र मुकुन्द प्रसाद भट्ट गरी ४ जना सिफारिस भएका छन् । बैतडीबाट नरेन्द्रबहादुर कुँवर विजयसुन्दर र परमानन्द भट्ट गरी २ जनाको नाममात्र सिफारिस भएको छ ।

यस्तै दार्चुलाबाट लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना, मदन सिंह धामी, नरबहादुर विष्ट र गंगाकुमारी महरा गरी ५ जना सिफारिसमा परेका छन् । कैलाली र अछामजस्ता जिल्लामा देखिएको आकांक्षीहरूको लामो सूचीले केन्द्रलाई उम्मेदवार छनोट गर्न निकै सकस पर्ने देखिन्छ ।

सोमबार, पुष २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.