• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै अग्रसर हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी, २७ पुस /  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै अग्रसर हुनुपर्ने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना दिँदै उनले यस दिवसले राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न तथा देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘अनेकौँ स–साना राज्यहरूमा विभक्त भूगोललाई एकीकृत गरी एउटा सबल र आधुनिक राष्ट्र निर्माण गर्ने महान् सङ्कल्पका साथ पृथ्वीनारायण शाहले सुरु गर्नुभएको अभियान ऐतिहासिक रूपमा अतुलनीय छ,’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ ‘नेपाललाई साझा फूलबारी का रूपमा परिचित गराउँदै विविध जातजाति, भाषाभाषी र समुदायबिच भावनात्मक एकताको जग बसाल्ने कार्य नै आजको हाम्रो राष्ट्रिय पहिचानको आधार हो ।’

इतिहासका विभिन्न कालखण्डमा सोही अभियानलाई निरन्तरता दिइएकै कारण विश्वमा एक सार्वभौम र स्वतन्त्र नेपालीका रूपमा शिर उच्च राख्न सफल भएको उनको भनाइ छ । ‘यस विशेष दिवसले हामी सबैलाई राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न र देशको सार्वभौमिकता तथा अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै मुलुकको चौतर्फी हितमा अग्रसर हुनु नै आज हामी सबैको प्रमुख आवश्यकता हो,’ प्रदेश प्रमुख मियाँले भनेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले समस्त नेपालीहरूबिच आपसी सद्भाव, विश्वास, प्रेम र एकताको भावनालाई थप प्रगाढ बनाउँदै मुलुकको सर्वाङ्गीण प्रगति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।

आइतबार, पुष २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.