धनगढी, २२ मंसिर / धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको सभा हल सोमबार दिउँसो युवा जोश, विचार र आन्दोलनको ऊर्जाले गुञ्जियो। “सुदूरपश्चिम जेन्जी भेला तथा अन्तरक्रिया कार्यक्रम” शीर्षकमा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिमका जेन्जी युवाले वर्तमान राजनीतिक अवस्थाप्रति आफ्नो धारणा स्पष्टसँग उठाए , एकता, प्रतिवद्धता र जवाफदेहिताका आवाजसँगै।
भदौ २३/२४ मा भएका घटनालाई केन्द्रमा राख्दै अभियानकर्मीहरूले सरकारको मौनता, अपारदर्शिता र वेथितिमाथि तीव्र असन्तोष प्रकट गरे। कार्यक्रमका मुख्य वक्तामध्ये रहेका युवा अभियानकर्ता हेमराज थापाले प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको तथ्य स्मरण गर्दै, दोषी पहिचान र कारबाही किन रोकिएको हो भनेर सरकारसँग कडा प्रश्न उठाए। उनका अनुसार आन्दोलनमा सबैभन्दा बढी चोट सुदूरपश्चिमकै युवाले बेहोरे, ७ जनाले ज्यान गुमाए, धेरै घाइते भए, र आज पनि यही क्षेत्रका युवामाथि गिरफ्तारी बढ्दो छ।
“सत्ता र शक्तिमा सुदूरपश्चिमका नेताहरू पुगेका छन्, तर भ्रष्टाचार, विकास अभाव र क्षेत्रका दीर्घ समस्या भनेका जस्ताका तस्तै,” थापाले भने, “अब जिम्मेवारी हाम्रो पुस्ताको हो, जेन्जीको।” उनले युवालाई विचारदेखि व्यवहारसम्म सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा सहभागी युवाहरूले नयाँ सरकारप्रति पनि प्रश्न उठाए :-
जेन्जी आन्दोलनले उठाएका मुद्दा कहाँ पुगिरहेका छन्?
भ्रष्टाचार, बेरोजगारी, सुरक्षा अभाव, अविकास र सरकारी निष्क्रियता कति सम्बोधन भइरहेका छन्?
यी प्रश्नहरूको उत्तर खोज्दै सभाहलमा आवाजहरू गुञ्जिरहे।
मंसिर १० गते शान्तिपूर्ण आन्दोलनका क्रममा घाइते भएकी सरिता जोशीले पनि आफ्नो पीडा र धैर्यपूर्ण अनुभव सुनाइन्। उनले भनिन्, “अब युवाले एकताबद्ध भएर समाजिक विकास र परिवर्तनको अग्रपंक्तिमा उभिनै पर्छ। देशलाई नयाँ बाटो देखाउने दायित्व यही पुस्ताको हो।”
कार्यक्रममा हेमराज थापा, खेमराज साउँद, यादव सिंह, सन्तोष रावल, सरिता जोशी, गोविन्द भण्डारी, नितीश जोशीलगायतका युवा नेतृत्वकर्ताहरूले आफ्ना धारणा राखे। समन्वयकर्ता विशाल भट्टले भने, “सुदूरपश्चिम मात्र होइन, देश परिवर्तन गर्ने शक्ति युवा एकतामा छ। जिम्मेवारीबाट पछि हट्ने समय होइन, अगाडि बढ्ने समय हो।”
सोही कार्यक्रममा केही केहीँ आमाहरूले आफ्नो पीडा पनि पोखे, ‘जेन्जी आन्दोलनको भरमा बनेको सरकारले आन्दोलनमा सहभागी भएकाहरूलाई भिडियोमा देखिएको भन्दै पक्राउ गरेर लगिरहेको प्रति पनि जेन्जी युवाहरूले आवाज उठाउनुपर्ने बताए। आफ्ना छोराहरूलाई पक्राउ गरेर लगेको र अन्यहरूलाई पनि यसैगरी लग्ने तयारी गरेको हुनाले यस विरुद्ध पनि बोल्नुपर्ने