दार्चुला: दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ।
भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।