कैलाली, २० मंसिर / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा समावेश हुन छुटेका पक्षहरू संशोधनमार्फत तुरुन्त समेटिने स्पष्ट पार्नुभएको छ।
शनिबार मुक्त कमलरी विकास मञ्च, कैलालीको १५औं वार्षिक साधारण सभा, सामाजिक लेखा–जोखा तथा छैटौं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सरोकारवालासँगको छलफलपछि मुक्त कमैया, हलिया तथा कमलरी पुनस्थापना कार्यविधि–२०८० जारी गरिएको भए पनि केही महत्वपूर्ण पक्षहरू सुधार आवश्यक रहेको बताउनुभयो।
उहाँले सरोकारवाला पक्षको सुझाव समेटेर कार्यविधिमा आवश्यक संशोधन तुरुन्तै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले वास्तविक मुक्त कमलरीहरूले अनिवार्य रूपमा परिचयपत्र प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। “अझै धेरै मुक्त कमलरीहरूले परिचयपत्र नपाएको, सरकारी तालिम तथा अवसरबाट वञ्चित रहेको गुनासो आइरहेको छ, मुख्यमन्त्री शाहले भन्नुभयो, “मुक्त कमलरी परिचयपत्र वितरण र तालिम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
