• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘सूचना प्रवाह कमजोर हुँदा सरकारका काम जनतामा पुग्न सकेन्न’ :- मुख्यमन्त्री शाह

धनगढी , १९ मंसिर / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका कार्यक्रम र गतिविधि जनतासम्म प्रभावकारी रूपमा नपुगेको स्वीकारेका छन्। नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको ‘मुख्यमन्त्री र प्रेस युनियनकर्मी बीचको अन्तरक्रिया’ कार्यक्रममा उनले सूचना प्रवाह कमजोर भएकै कारण सरकारले गरेका कामबारे अनावश्यक भ्रम फैलिएको बताएका हुन्।

लोकतन्त्रको आधारस्तम्भको रूपमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले यसको विश्वसनीयता र व्यवसायिकता मजबुत बनाउन राज्य, सञ्चारकर्मी र समाज सबैको साझा जिम्मेवारी रहेको जिम्मेवारी भए पनि अपेक्षाकृत सुधार हुन नसकेको बताए।

‘पत्रकारिता लोकतन्त्रको स्थापनादेखि संस्थागत वृद्धिसम्म महत्वपूर्ण सहयात्री रहँदै आएको छ,’ उनले भने, ‘तर अहिले प्रदेश सरकारका गतिविधि प्रभावकारी रूपमा बाहिर नजानुले भ्रम र आलोचना बढेको छ।’

प्रदेश संरचना र सरकारको कामबारे फैलिइरहेका धारणामा प्रष्टता आवश्यक रहेको बताउँदै शाहले ‘प्रदेशले केही गरेन’ भन्ने बुझाइ तथ्यहीन भएको दाबी गरे। दुर्गम गाउँ–बस्तीसम्म सडक, खानेपानी, स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधा विस्तारले जनजीवनमा देखिएको सुधार सञ्चार माध्यममा पर्याप्त रूपमा प्रस्तुत हुन नसकिरहेको उनले उल्लेख गरे।

नवजीवन सहकारीमा देखिएका अनियमितता सम्बन्धी विवादबारे उनले निष्पक्ष छानबिन अघि बढाइएको जानकारी दिए। अध्यक्ष देवबहादुर बमले सहयोग नपुर्‍याएको उल्लेख गर्दै शाहले ठगी वा अनियमिततामा संलग्न जो कोहीमाथि कडाइका साथ कारबाही हुने बताए।

सरकार सञ्चालनका प्रारम्भिक चरणमा जोसका साथ काम थालिए पनि विभिन्न प्रशासनिक झमेलाका कारण केही कार्यमा ढिलाइ भएको स्वीकार गर्दै उनले संरचनागत सुधार तथा आमसञ्चार विधेयकको तयारीलगायतका चुनौतीलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गरिरहेको बताए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा देखिएका विवाद समाधानका लागि सुझाव माग्दै उनले आवश्यक सुधारका लागि सरकार खुला रहेको उल्लेख गरे।

मुख्यमन्त्री शाहले केही दिनमै प्रदेश सभा भवन निर्माण सम्पन्न भई दुई दिनभित्र सभा सञ्चालनमा आउने जानकारी पनि दिए।

कार्यक्रम नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा सम्पन्न भयो। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, नेपाल प्रेस युनियन सुदूरपश्चिम अध्यक्ष मनमोहन स्वाँरलगायतले विचार राखेका थिए। कार्यक्रमको स्वागत कोषाध्यक्ष गगन अयडीले र सञ्चालन सचिव शंकर बोहराले गरेका थिए।

शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.