• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

लैङ्गिक हिंसा रोक्न पुरुष भूमिकाको खोजी

धनगढी ।परिवार समाजमा हुने लैङ्गिक हिंसा रोक्न पुरुषको भूमिका खोजी हुन थालेको छ । हिंसा गर्न, गराउन पुरुष नै अग्रसर देखिएकाले हिंसा रोक्न पनि पुरुषको भूमिका महत्त्वपूर्ण हुने ठानेर टीकापुर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला समूहसँग छलफल गरेको हो ।

‘लैङ्गिक हिंसा रोकथामको विषयमा महिलालाई धेरै सुनायौं अवस्था खासै परिवर्तन हुन सकेको छैन, पुरुषहरूलाई जिम्मेवार बनाउन सके लैङ्गिक हिंसा कम हुन सक्छ’ टीकापुर नगरपालिकाका महिला बालबालिका समाजकल्याण शाखाका प्रमुख सङ्गीता शाहले भन्नुभयो, ‘हिंसाका कारण असर र कानुनी व्यवस्थाबारे युवाहरूलाई बुझाउन लागेका छौं ।’

बिहीबार टीकापुर नगरपालिका–४, कोदैपुरमा आयोजित कार्यक्रममा सहभागी युवा राजाराम चौधरीले हिंसाले शारीरिक, मानसिक समस्या ल्याउने र परिवार विघटनसम्म हुनसक्ने भएकाले हरेक घरका युवा सचेत हुन आवश्यक रहेको महसुस भएको बताउनुभयो ।

शिक्षक भिखुराम चौधरीले आफू पनि हिंसामा नपर्न र आमा, दिदीबहिनी श्रीमतीलाई सुरक्षित बनाउन पुरुषहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । थारु समुदायको बाहुल्यता भएको कोदैपुर गाउँमा भएको कार्यक्रमका सहभागीहरूले महिलाबाट आफूहरू पनि हिंसामा पर्ने गरेको बताएका छन् ।

महिलाले श्रीमान् नबिग्रीयोस, खर्चालु नहोस, समयमै घर आओस् आसयले पुरुषमाथि निगरानी राख्न चाहे पनि पुरुषहरू धन, बल, पढाइजस्ता घमण्ड र स्वार्थका कारण महिलामाथि शोषण गरिरहेका बताएका छन् । बरघर रामनारायण चौधरी युवाहरूले महिला पुरुषको समान अस्तित्व हुनु पर्छ भन्ने सोचका साथ व्यवहार गरेमा हिंसा न्यूनीकरण हुने बताउनुहुन्छ ।

टीकापुर नगरपालिका–४ का वडाध्यक्ष लालवीर चौधरी हरेक घरका पुरुषले महिलालाई दबाबमा राखेको, युवाहरूले ज्येष्ठ नागरिक, बालबालिकालाई दुर्व्यवहार गरेको देखेपछि वा समूहका सदस्यसँग अन्तर्क्रिया गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घर र छरछिमेकमा भइरहेका लैङ्गिक हिंसाका घटना न्यूनीकरण गर्दै अन्त्य गर्न घरमूली र पुरुषको भूमिका हुनु पर्छ ।’

शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.