• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महिला समुह महिला माथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बन्दै

कैलाली,‌१८ मंसिर / कैलालीको गोदावरी नगरपालिका – ४ खैरानाका महिलाहरू प्रत्येक साता समूहमा बस्छन् । समूहमा उनीहरूले बचत सङ्कलन गर्ने देखि लिएर विभिन्न योजनाका बारेमा छलफल गर्छन् । आफूलाई परेका समस्या राख्दै भलाकुसारी गर्छन् । समूहमा महिलामाथि हुने हिंसाका विषयमा पनि समूहमा कुरा उठाउँछन ।

समूहकी सदस्य कौशिल्या कुमारी सार्की समूह महिलामाथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बनेको बताइन । उनले गाउँघरमा महिला हिंसा धेरै खुल्न नचाहने गरेपछि पछिल्लो समय समूहमा बस्दा आफ्ना कुरा सुनाउन थालेको बताइन् । ‘महिला कमजोर भएर नै महिला हिंसा हुने गरेको छ’ उनले भनिन् ‘हिंसा सहेर पनि हामी बाहिर खुल्न चाहँदैनौ । जसले महिला पीडामा परेका छन् । अब महिलाहरूले महिलाका समस्या बुझेर सङ्गठित भएर आवाज उठाउनु पर्छ ।’ उनले राजनीतिक पहुँच, आर्थिक हैसियतका आधारमा न्याय दिइने गरेकोले यसको लागि महिला नै एक जुट हुनु पर्ने बताइन् । उनले महिला हिंसाका घटना बाहिर ल्याउन लागि महिलाहरूले एक आपसमा मिलेर अघि बढ्नुको विकल्प नभएको बताइन् ।

गोदावरी नगरपालिका – ४ की वडा सदस्य समेत रहेकी रेश्मी देवी चौधरीले महिलाहरू एकजुट हुन थालेपछि आवाज उठाउन सहज भएको बताइन । उनले महिला हिंसाका घटनामा पहिलेको तुलनामा सुधार आएको बताइन । ‘पहिलोको तुलनामा धेरै नभए पनि थोरै सुधार भएको भएको छ’ उनले भनिन ‘हुन त अहिले पनि बुझ पचाएर पनि उमेर नपुगी बिहे गर्ने धेरै छन् । अहिले पनि बहुविवाह, कुटपिट, दाइजो प्रथा जस्ता महिला हिंसा हुने गरेका छन् ।’

उनले अहिले पनि बालबच्चा नभएको भन्दै दोस्रो बिहे गर्न पनि महिलामाथि धेरै हिंसा हुने गरेको बताइन् । उनले आफूकहाँ पनि बालबच्चा नभएको भन्दै अर्को बिहे गर्ने समस्या लिएर धेरै महिला आउने गरेको बताइन् ।

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तरगत वडामा हाल ८ वटा समूह निर्माण गरेको छ । जसमा महिलाहरू हरेक हप्ता बैठक बस्ने गरेका छन् । बैठकमा बचत उठाउने देखि लिएर योजना बनाउने, विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्ने काम गरिँदै आएको यार्डकी वडा नम्बर ४ की सामाजिक सहजकर्ता साबित्रा बोहराले बताइन् । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सोही समूहहरूमा बहस, छलफल, सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन ।

उक्त परियोजना हाल गोदावरीका ६ वडामा सञ्चालन छ । जहाँ प्रत्येक वडामा ८ वटा समूह निर्माण गरिएका छन् । समूहमा आबद्ध गोदावरी नगरपालिका – १० खमौराकी भागरथी धामीले पछिल्लो समय महिलाहरू सङ्गठित हुँदै गएपछि महिला हिंसाका घटनामा केही कमी आएको बताइन् । खुसी आत्मनिर्भर समूहकी सदस्य रहेकी उनले महिला हिंसाका विषयमा पनि आफूहरूले समूह मार्फत जानकारी पाएको बताइन ।

‘महिला हिंसा भएमा दबेर बस्नु पर्दैन भनेर हामीले बुझेका छौ’ उनले भनिन ‘अहिले कानुन छ । वडामा समस्या राख्न सकिन्छ, नगरमा जान सकिन्छ, विभिन्न सङ्घसंस्था छन् । त्यहाँ गएर न्याय पाउन सकिन्छ । अहिलेको महिलाले हिंसा सहेर दबेर बस्नु हुँदैन ।’ उनले महिलाले महिलामाथि हिंसा गर्ने भएकाले त्यसको अन्त्य गर्नुपर्ने बताइन् । ‘हामीले पनि छोरालाई पढ्न लगाउने छोरीलाई रोटी पकाऊ, घाँस काट भनेर विभेद गरिरहेका हुन्छौ’ उनले भनिन ‘छोरा छोरालाई समान व्यवहार गर्न आवश्यक छ ।’

गोदावरी नगरपालिका १ चैतन्यपुरकी नन्दा भट्टले अहिले पनि घर भित्र महिलामाथि हुने हिंसा कायमै रहेको बताइन । उनले घरभित्र हिंसा भए पनि बेजत हुने डरले हिंसा लुकाउने समस्या अझै पनि कायमै रहेको बताइन । उनले मागी विवाह गर्दा बिस वर्ष पुगेर गर्ने गरिएको भए पनि भागी विवाह भने उमेर नपुगी हुने गरेको बताइन् । पठनपाठनमा भने विभेद कम भएको उनले बताइन । उनले कुनै महिला समस्यामा परेर गाउँमा निर्माण गरिएका समूहमार्फत सहयोग गर्ने गरिएको बताइन् ।

बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.