• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पाँच वर्षमा एड्सबाट तीन सय पचासको मृत्यु

 धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी / एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी / एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी/एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

सुदूरपश्चिममा आव २०७७/७८ मा ८२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा कमी आएको देखिन्छ २०७८/०७९ मा ७९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो भने आव २०७९/८० मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ ।

यस्तै गरेर आव २०८०/८१ मा यो सङ्ख्यामा कमी आएन । सो आवमा पनि ६४ जनाको मृत्यु भएको थियो । त्यस्तै गरेर आव २०८१/८२ मा एचआइभीकै कारण ६३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनुको कारण एचआइभी मात्र नभई बहुआयामिक रोग पनि कारण हो, स्वास्थ्यकर्मी बताउँछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमका अनुसार एचआइभी सङ्क्रमितमा निमोनिया, डाइबेटिज, दमलगायत अन्य नसर्ने रोग लाग्दा मृत्यु हुने गरेका छन् ।

समयमै सङ्क्रमित उपचारको दायरामा आउने र नियमित औषधी सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिन्छ, उहाँले भन्नुभयो, “कुनै समय एचआइभी/ एड्सलाई प्राणघात रोगका रूपमा हेरिने गरेको थियो । यसको औषधी निर्माण भएपछि अहिले बिरामीको व्यवस्थापन भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन् । जसमध्ये छ स्थानीय तहमा एचआइभी सङ्क्रमित शून्य छ । प्रदेशभर सबैभन्दा बढी सङ्क्रमित कैलालीको गोदावरी नगरपालिकामा रहेको निर्देशनालयले जनाएको छ । गोदावरीमा २९१ एचआइभी सङ्क्रमित छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिका रहेको छ । निर्देशनालयका अनुसार धनगढीमा २४४ जना एचआइभी सङ्क्रमित रहेका छन् । पाँच वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या प्रत्येक आव कहिले घट्ने त कहिले बढ्ने गरेको देखिन्छ । आव २०८०/८१ मा २१८ रहेकोमा आव २०८१/८२ मा सङ्क्रमितको सङ्ख्या १८१ पुगेको छ । त्यसअघि आव २०७७/७८ मा २१५ सङ्क्रमित रहेकोमा आव २०७८/७९ मा वृद्धि भएर ३२५ जना पुगेको थियो । आव २०७९/८० मा सङ्क्रमितको सङ्ख्या २५२ थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार आव २०८१/८२ सम्ममा सबैभन्दा बढी कैलालीमा एक हजार ७४० र सबैभन्दा कम दार्चुलामा ५० जना सङ्क्रमित छन् । कैलालीपछि सबैभन्दा बढी एचआइभी सङ्क्रमित अछाममा ५७० जना छन् । तराईको अर्को जिल्ला कञ्चनपुरमा ४५५ जना उपचाररत छन् । यस्तै डोटीमा ४९०, बाजुरामा ७२, बझाङमा ९६, बैतडीमा १३२ र डडेलधुरामा १२५ जना उपचाररत छन्  ।

बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.