• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकालीमा एकतर्फी तटबन्ध निर्माण

धनगढी । छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।

भारतले नदीको धार परिवर्तन हुने गरेर नदी किनारमा निर्माण गरिरहेको तटबन्धले सिमानाभन्दा वर नेपालतिर नदी प्रवेश गरेकाले सिमाना विस्तार गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । रास्वपा दार्चुलाले यो विषयमाथि घोर आपत्ति जनाएको छ ।

बर्सातका बेला महाकाली नदीको धार नेपालको भूमि, तटबन्धमाथि नदी पुग्ने सम्भावना रहेकाले बजार क्षेत्र तथा बस्तीमा समेत ठुलो जोखिम रहेको उहाँको ठहर छ । संयोजक सामन्तले नेपाल सरकारले यथाशीघ्र भारतसँग दुईपक्षीय वार्ता गरेर दार्चुलाका बासिन्दाले भविष्यमा भोग्नुपर्ने जोखिम नियन्त्रण गर्न पहल गर्नुपर्ने माग राख्नुभयो । सीमा समस्याबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा समेत कुरा उठाएको उहाँको भनाइ छ । दुई देशको सीमा नदी आसपास कुनै पनि संरचना निर्माण गर्दा एक देशले अर्को देशसँग आपसी समन्वय र सहकार्य गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी प्रावधान रहेको भए पनि भारतले नेपालसँगको समन्वयबिना एकतर्फी रूपमा तटबन्ध निर्माणको काम गरिरहेको हो ।

नेपाल विद्यार्थी सङ्घ दार्चुलाका विद्यार्थी नेता दीपक खातीले नदी तटीय क्षेत्रमा आफ्नो भूगोल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नु दुवै देशको आआफ्नो अधिकार भए पनि संरचना निर्माण गर्दा अर्काको भूगोललाई असर पार्ने, सार्वभौमिकतामा आँच आउने, नदीको धार परिवर्तन गरेर क्षति हुने गरी गर्न नहुने बताउनुभयो । अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरी एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर दुई देशको जनस्तरको सम्बन्ध खलबलिने गरी तटबन्ध निर्माण नगर्न तथा उत्पन्न विवादलाई दुई देशका प्रशासकले आपसी रूपमा कूटनीतिक ढङ्गबाट छलफल गरेर समाधान गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

यस्तै नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले भारतले सीमा नदीको प्राकृतिक बहाब रोक्ने गरी निर्माण गरिरहेको तटबन्धको नागरिक समाज दार्चुलाले घोर विरोध गर्ने बताउनुभयो । सिमाना मिचेर निर्माण गरिएको तटबन्ध निर्माण यथाशीघ्र रोकेर दुवै देशको सीमाङ्कन गरेर मात्रै कार्य अघि बढाउन उहाँले सरकारसँग माग गर्नुभयो । अन्तर्राष्ट्रिय कानुनको पालना नगरे पनि नदीको धार परिवर्तन नगरेर कुनै पनि संरचना निर्माण गर्नुपर्ने यहाँका स्थानीय राजनीतिक दलले प्रतिव्रिmया दिएका छन् । भारतले अहिले महाकाली नदीको धार नेपालतिर फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । तटबन्ध निर्माण भइरहेको स्थानमा दिउँसोभन्दा राति धेरै काम गर्ने गरेको स्थानीयले बताएका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार दुई देशको सीमाक्षेत्रमा भारतले बनाइरहेको संरचनाको निर्माण तत्काल रोक्न यसअघि नै स्थानीय प्रशासनमार्फत भारतीय स्थानीय प्रशासनमा आधिकारिक रूपमा पत्राचार गरिसकिएको छ । नदीको बहाब नेपालतर्फ फर्काएर तटबन्ध नगर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । साथै जिल्लाको सीमाक्षेत्रमा भइरहेको भारतीय गतिविधि र समस्या समाधानका लागि गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.