• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

 कैलारीमा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना

धनगढी, १८ मंसिर  /  कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१ /०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो । पालिकाले २६ वटा ठेली दिए पनि चालु आवको हालसम्म सात वटा ठेलीको मात्रै राजस्व दाखिला गरिएको छ । आवमा सङ्कलन गरिएको रोयल्टी चालु आवको साउन १५ गतेसम्म बुझाइसक्नुपर्ने कानुनी व्यवस्था छ तर गाउँपालिकाको कार्यालयले दिइएको ठेली अनुसार न राजस्व पाएको छ, न त बाँकी रहेको ठेली नै फिर्ता भएका छन् ।

रोयल्टी उठाउनका लागि २६ वटा ठेली रोयल्टी सङ्कलकलाई दिएकोमा सात ठेलीको मात्रै रोयल्टी पालिकामा दाखिला भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए । अझै १९ ठेलीको रोयल्टी आउन बाँकी रहेको उनले बताए । उठेको सबै राजस्व गएको साउन १५ गतेभित्रै जम्मा गरिसक्नुपर्नेमा अहिलेसम्म दाखिला नगर्नु कानुनविपरीत हो । “यदि सबै ठेली काटिएको हो भने त्यही अनुसार राजस्व दाखिला गरिनु पर्दथ्यो,” उनले भने “काटिएको छैन भने १९ वटा ठेली फिर्ता गरिनु पर्दथ्यो, जुन भएको छैन ।”

गत आवमा कैलारी गाउँपालिका–६ र ९ स्थित घुरहा नदीबाट बालुवा उत्खननका लागि पालिकाले तीन चोटि टेन्डर आह्वान गरेको थियो तर प्रदेश सरकारले ६२ लाख रुपियाँ अनिवार्य रोयल्टी तोकेका कारण कसैको पनि टेन्डर परेन । तीन÷तीन पटक टेन्डर आह्वान गर्दा एउटा पनि नपरेपछि गाउँपालिकाले कार्यपालिकाको बैठकबाट रोयल्टी सङ्कलनका लागि ज्यालादारीमा दुई जना अस्थायी कर्मचारी नियुक्त गरेको थियो । यसै गरी रोयल्टी सङ्कलकलाई परिचालन गर्नका लागि पनि एक अस्थायी कर्मचारी नियुक्त गरिएको थियो ।

मासिक १७ हजार रुपियाँ पारिश्रमिक दिने गरी कैलारी गाउँपालिका–३ का राजु बराल, वडा नम्बर ९ कोइलहीका लाहुराम चौधरी र गदरियाका रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । चौधरी र रानाले रोयल्टी सङ्कलन र नेपाली कांग्रेसको क्षेत्रीय सदस्यसमेत रहनुभएका बरालले दुवै सङ्कलकलाई परिचालनको जिम्मेवारी पाएका थिए । सङ्कलन भएको राजस्व गाउँपालिकाका अध्यक्षका स्वकीय सचिवसमेत रहनुभएका जितेन्द्र चौधरीले बुझेर पालिकामा ल्याउने गरेका थिए । रोयल्टी सङ्कलक लाहुराम चौधरीले आफूले २५ ठेली पूरै काटेर रोयल्टी सङ्कलन गरेको जनाउँदै उठेको सबै रकम पालिकालाई नै बुझाएको जिकिर गरे । “उठेको रकम लिन जितेन्द्र चौधरी आउनुहुन्थ्यो, मैले सबै रकम उहाँलाई बुझाएको छु,” चौधरीले भने , “तर मलाई पालिकाबाट बिल, भर्पाई दिइएन ।”

रोयल्टी सङ्कलकबाट पैसा बुझेर पालिकामा ल्याउनुभएका चौधरीले आफूलाई दिइए अनुसारको रकम मात्रै पालिकामा दाखिला गरेको दाबी गरे । “उनीहरू सङ्कलकले जति दिए, मैले त्यति नै पालिकामा जम्मा गरेको हुँ,” उनले भने , “तर रकम हिनामिना गरेको विषयमा मेरो नाम जोडियो, मलाई दुःख लागेको छ ।” उनले आफूलाई तीन लाख २१ हजार रुपियाँ मात्रै सङ्कलकले दिएको जिकिर बताए । त्यति नै रकम पालिकामा दाखिला भएको छ । यद्यपि सात ठेलीको रोयल्टी तीन लाख ३६ हजार हुनुपर्ने देखिन्छ ।

आम्दानीभन्दा खर्च बढी

पालिकाले रोयल्टी सङ्कलनका लागि तीन कर्मचारीको तलबमा मासिक १७ हजारका दरले आठ महिनाको चार लाख आठ हजार रुपियाँ भुक्तानी गरेको छ तर आन्तरिक आम्दानीका लागि उठाइएको बालुवा उत्खननको राजस्व रोयल्टी सङ्कलकमा खर्च गरिएको तलब रकमभन्दा न्यून रहेको छ । प्रतिरसिद ९६० रुपियाँ रोयल्टी लिएर बालुवा उत्खनन गर्न दिइएको थियो । एक ठेलीमा ५० वटा रसिद थियो । सङ्कलक चौधरीले मात्रै २५ ठेली काट्दा १२ लाख रुपियाँ राजस्व रोयल्टी उठेको देखिन्छ तर त्यसमध्येबाट झन्डै नौ लाख रुपियाँको हिसाबकिताब छैन । पालिकाले १९ वटा ठेलीको राजस्व आउन बाँकी रहेको जनाएको छ । १९ वटै ठेली काटिएको हो भने नौ लाख १२ हजार रुपियाँ अझै दाखिला हुन बाँकी देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले यो प्रकरणका दोषी कारबाहीको भागेदार हुने बताए । उनले दाखिला हुन बाँकी रहेको राजस्व दाखिलाका लागि पत्र पठाउन कर्मचारीलाई निर्देशन दिएको भन्दै समयमा राजस्व नबुझाउनु बदमासी हो र जसले बदमासी गरेका छन्, उसलाई कानुन अनुसार कारबाही हुने बताए ।

बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.