• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

देशभक्तिको विषयमा एमाले नै सधैं अडिग रहने एक मात्र दल हो : उपमहासचिव गुरुङ (भिडियो)

धनगढी, १० मंसिर /   नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेलाई देशका सबै पार्टीहरूको ‘पार्टी’का रूपमा स्थापित भएको दाबी गरेका छन्। धनगढीमा आयोजित युवा जागरण भेलालाई सम्बोधन गर्दै उनले राष्ट्र, राष्ट्रियता र देशभक्तिको विषयमा एमाले नै सधैं अडिग रहने एक मात्र दल भएको बताएका हुन्। गुरुङका अनुसार देशी–विदेशी शक्तिसामु नझुक्ने स्पष्ट राजनीतिक चरित्र एमालेको पहिचान हो र त्यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी ढङ्गले गर्दै आएका छन्।

“अहिलेको परिस्थितिमा एमाले र देश दुवैका लागि ओलीजी नै निर्बिकल्प नेता हुनुहुन्छ,” उनले भने, “देशी–विदेशी शक्ति केन्द्रहरूका अगाडि नथुकेकै कारण ओलीजीमाथि विभिन्न षड्यन्त्र र राजनीतिक धक्का लागेका हुन्। त्यसैले पार्टी र देशको नेतृत्व फेरि ओलीलेनै लिनुपर्छ।” उनले जेनजीका नाममा केही विदेशी स्वार्थ बाध्यकारी समूहहरू सक्रिय भएको आरोप लगाउँदै त्यस्ता गतिविधिले देशलाई कमजोर बनाउने खतरा देखिएको बताए। सरकार जेनजीका मागभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले अहिलेको संरचनाबाट समाधान सम्भव नभएको उनले दाबी गरे।

“जेनजीका वैध माग समाधान गर्न संसद् पुनर्स्थापना गरेर सर्वपक्षीय सरकारको आवश्यकता छ,” गुरुङले भने, “संविधान संशोधनमार्फत ती मुद्दाहरू स्थापित गर्नुपर्छ।”

ओली नझुकेकै कारण सत्ताबाट हटाइयो:सचिव भट्ट

कार्यक्रममा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पनि अध्यक्ष ओली विदेशी शक्तिसँग सम्झौता गर्न नमानेकाले सत्ताबाट हटाइएको दाबी गरे। “एमाले सही नीतिसहित सही नेतृत्वमा छ, त्यसैले अहिले पार्टीमाथि निरन्तर आक्रमण भइरहेको छ,” भट्टले भने, “एमालेका विरुद्ध हुने राजनीतिक तथा प्रचारात्मक आक्रमणको प्रतिरोध सबैले दृढतापूर्वक गर्नुपर्छ।”

जेनजीका नाममा देश अस्थिर पार्ने खेल : बस्नेत

एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजीका नाममा केही ‘विदेशी दलाल’ अहिलेसमेत सक्रिय रहेको आरोप लगाए। बालेन शाह, रवि लामिछानेलगायत नेताहरूले जनयुद्धको नाममा देशलाई अस्थिर पार्ने प्रयास गरेको उनको आरोप थियो। “देश बनाउने सामर्थ्य एमालेबाहेक कसैसँग छैन,” बस्नेतले भने, “संसद् पुनर्स्थापना भएपछि हुने आगामी निर्वाचनमा एमालेकै नेतृत्वमा नयाँ सरकार बन्नेछ।”

कार्यक्रममा युवा सङ्घ नेपालका नेताहरू तथा एमालेका विभिन्न तहका जिम्मेवार व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टी संगठन सुदृढीकरण, राष्ट्रियता तथा आगामी राजनीतिक दिशाबारे प्रतिवद्धता व्यक्त गरेका थिए।

बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.