कञ्चनपुर, ९ मंसिर / कञ्चनपुरमा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१४ वनकट्टीमा हात्तीको आक्रमणबाट ४५ वर्षिया धना बिष्टको मृत्यु भएको हो ।
सोमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घरको भित्ता फोड्दा भाग्ने क्रममा विष्टमाथि आक्रमण गरेको प्रहरील जनाएको छ । अन्यले भागेर ज्यान जोगाएको भएपनि बिष्टको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए ।