• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ

धनगढी । बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो  ।

हिउँद सुरु भएसँगै यहाँ चिसो धेरै हुन्छ । त्यो चिसोमा विद्यालयकै पोशाकमा आएर कक्षा कोठामा पढ्न बस्न निकै समस्या हुने गरेको बडीमालिका नगरपालिका –४ रिलाको पाथरकोट आधारभूत विद्यालयका कक्षा २ का छात्र रिजन नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “घाम लागेको समय बाहिर तातोमा बस्ने र बादल लागेको बेला कक्षा कोठामा बस्दा निकै चिसो हुने गरेपछि यती बेला अन्य बाक्लो लुगामा आउन पर्ने अवस्था हुन्छ ।”

आफुसँग घरमा राम्रो लुगा नभएकाले हिउँदको महिना कक्षा कोठामा बसेर पढ्न निकै समस्या हुने गरेको नाथले बताउनुभयो ।

बाजुरामा कात्तिक महिना सुरु हुने वित्तिकै यहाँका विभिन्न ठाउँमा निकै चिसो पनि सुरु हुन्छ । त्यो चिसोमा यहाँका अधिकांश विद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा राखेर पढाउन निकै समस्या हुने गरेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ अहिले घात्र ४४ र छात्रा ४९ गरी जम्मा ९३ जना बालबालिकाहरु पढ्ने गरेका छन् । यी मध्यकै अधिकांश बालबालिकाहरु प्राय गरिब दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छन् ।”

यहाँका धेरै विद्यालयमा चिसोको बेला बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने गरिन्छ ।  तर हाम्रो यहाँ भने कोही आउँदैन । बेला कतैदेखि न्यानो कपडा पाइएको भएमा उनीहरुलाई चिसोमा न्यानो लुगा लगाएर विद्यालयमा आएर पढ्न सहज हुने थियो ।

बर्खाको समय तातो हुने गरेको कक्षा कोठामा पढाउने गर्छु । यती बेला यहाँ धेरै चिसो हुने गरेको बालबालिकाहरुलाई बाहिर घाममा पढाउने गरेको नाथले बताउनुभयो ।

हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडिमालिका लगायतका क्षेत्रमा चिसो धेरै हुन्छ भने यहाँको गौमुल, खप्तड छेडेदह, त्रिवेणी र बुढीगङ्गा नगरपालिका लगायतका ठाउँमा अति चिसो कम हुन्छ ।

सरकारले बालबालिकाहरुलाई विद्यालय आउँदा अनिवार्य विद्यालयको पोशाकमा आउनु पर्ने भने पनि यो क्षेत्रमा निकै चिसो हुने गरेको यहाँका बालबालिकाहरुले भित्रमा विद्यालयको पोशाक र बाहिरमा अन्य कपडा लगाएर आउने गर्दछन् ।

यहाँ कक्षा एकदेखि तीनसम्म २२८, चारदेखि पाँचसम्म १७६, छदेखि आठसम्म ११२, नौदेखि १० सम्म ६७, एघारदेखि १२ सम्म २९ र चार वटा क्याम्पसमा गरी ६१६ वटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.