• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शैक्षिक सत्रको बिचमा बैतडीका एकै नगरपालिकाभित्र रहेका १० वटा विद्यालय मर्ज

धनगढी । शैक्षिक सत्रको बिचमा बैतडीका एकै नगरपालिकाभित्र रहेका १० वटा विद्यालय मर्ज भएका छन् । बसाइँसराइलगायतका कारणले विद्यार्थी सङ्ख्या कम भएपछि मेलौली नगरपालिकाले १० वटा आधारभूत विद्यालय मर्ज गरेको हो । शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज भएपछि विद्यार्थी अर्को विद्यालय जान बाध्य भएका छन् ।

औसतमा १०/१२ जना मात्रै विद्यार्थी सङ्ख्या भएका १० वटा आधारभूत विद्यालय मर्ज भएको मेलौली नगरपालिकाको शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताउनुभयो ।

नगर कार्यपालिकाको निर्णय अनुसार मर्ज भएका विद्यालय नैनेश्वरी आधारभूत विद्यालय मेलौली–१, सिरोडी, केदारेश्वर आवि, मेलौली–१, भूमिराज आवि बेउराडी, मेलौली–२, पित्रिपुर आवि शेली मेलौली–२, भवानीस्थान आवि भोरा, मेलौली–२, सुनौलो आवि तिताबै मेलौली–४, शिवशङ्कर आवि पेले मेलौली–५, नेत्रज्योति आवि काँडा मेलौली–७, र नवज्योति आवि मेलौली–९ रहेका छन् ।

यीमध्ये सुनौला आवि तिताबै र भूमिराज आवि बेउराडीमा बाल विकाससमेत नरहने गरेर मर्ज भएको छ । अन्यमा भने बाल विकास सहजकर्ता रहने गरेर मर्ज गरिएको शिक्षा शाखा प्रमुख क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मर्ज गरिएका विद्यालयको शिक्षक दरबन्दी पुलमा रहने गरी शिक्षक र कार्यालय सहयोगीलाई अन्यत्र विद्यालयमा सरुवा गरिएको छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज गर्ने सङ्घीय सरकारको नीति अनुसार नगरपालिकाले निर्णय गरेको हो ।”

तीन वर्षअघिसम्म ८० जना विद्यार्थी सङ्ख्या रहेको भूमिराज आधारभूत विद्यालय बेउराडीमा यो वर्ष छ जना मात्र भर्ना भएकाले नगरपालिकाले मर्ज गरेको व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दले बताउनुभयो । उहाँले विद्यालय मर्ज भएपछि गाउँबाट बसाइसरेर जान नसक्ने अभिभावक बालबच्चालाई नजिकको अर्को विद्यालय लैजान थालेको बताउनुभयो । आधारभूत तहमा अध्ययन गर्ने बालबालिका सानै भएकाले विद्यालय पु¥याउन र ल्याउन अभिभाक आफैँ खटिएको बताउनुभयो ।

विद्यालय मर्ज हुने निर्णयपछि मैलौली नगरपालिका–९, जिमरा दलित टोलका अभिभावक विद्यालयमै पुगेर रुन थालेको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । राज्यको लगानीका हिसाबले ५० प्रतिशत विद्यार्थी घटेको भनिए पनि अभिभावका लागि त घरका तीन जना विद्यार्थी शतप्रतिशत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नवज्योति आवि स्थापना हुँदा जिमरा, मेलघट र खोली टोलका ६७ जना विद्यार्थी थिए । अहिले खोली र मेलघट टोल बसाइँसराइका कारण रित्तिएपछि जिमरा दलित टोलका मात्रै १०/ १२ जना विद्यार्थी बाँकी रहेका छन् । विद्यालय मर्ज भएपछि यो टोलका बालबालिका ४५ मिनेटको दुरीमा रहेको विशालपुर मावि जान थालेका छन् ।”

मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र भएकाले टाढाको विद्यालय जाने विद्यार्थी त्रसित बनेको जिमरा टोलका दलित अगुवा करनराम लोहारले बताउनुभयो । जिराटोलको पायक पर्ने नवज्योति आवि बन्द भएपछि यहाँका २२ जना विद्यार्थी विशालपुर मावि जाने गरेको उहाँले बताउनुभयो ।

मेलौली नगरपालिकाले यही भदौ ११ गतेको कार्यपालिका बैठकबाट विद्यालय मर्ज गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने कात्तिकबाट सुरु भएको वडाअध्यक्ष भट्टले जानकारी दिनुभयो । शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज हुँदा अभिभाव र विद्यार्थीले अप्ठ्यारो भएको गुनासो गरेको उहाँले बताउनुभयो ।

मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.