धनगढी, १ मंसिर / धनगढी उपमहानगरपालिका ६ मा रहेको जाली सामुदायिक वनको २३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको छ। सबडिभिजन वन कार्यालय धनगढीका रेन्जर सत्यकुमारी कुमालको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको सामुदायिक वनका अध्यक्ष करन चौधरीले जानकारी दिए।
धनगढी उप-महानगरपालिका भित्र पर्ने सामुदायिक वनहरूमध्ये ठूलो महत्त्व बोकेको र प्राकृतिक सम्पदामा ठूला ताल तलैया, जङ्गलले भरिपूर्ण रहेको जाली सामुदायिक वनको वार्षिक साधारण सभा सामुदायिक वनका अध्यक्ष करन चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। २३ औँ साधारण सभा तथा सार्वजनिक सुनाई कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्ष, भल्मान्सा , सुरक्षाकर्मी ,वन हेरालु र सामुदायिक वनका उपभोक्ताहरूको उपस्थिति रहेको जाली सामुदायिक वनका कार्यालय सचिव धर्मराज कुँवरले जानकारी दिए।
सामुदायिक वनको २३ औँ वार्षिक साधारण सभामा करिब १९ लाख ३२ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो।
सामुदायिक वनका अध्यक्ष करन चौधरीले “वन र उपभोक्ताको पक्षमा अडिग रहँदै काम गर्ने बताए। आगामी दिनमा पनि सम्पूर्ण उपभोक्ता, सरोकारवाला सबैको सहकार्यमा वन सम्पदाको संरक्षणसँगै उपभोग गरिने उनको भनाइ रहेको थियो।”
