धनगढी , २९ कार्तिक / कैलाली हार्डवेयर संघको १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ पदाधिकारीहरू चयन गरेको संघले जनाएको छ।
नव–निर्वाचित पदाधिकारीहरू अनुसार अध्यक्षमा पुनः कुबेर बहादुर साही नै चयन हुनुुभएको छ। त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द निर्वाचित हुनुुभयो।
उपाध्यक्षहरूमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। संघको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी, कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, संकर साउद, जय कुवार र बिरेन्द्र बोकटी निर्वाचित भएका छन्।
अधिवेशनले संघको आगामी योजनाबद्ध कार्यक्रम, हार्डवेयर व्यवसायका चुनौती र समाधानका उपाय लगायतका विषयमा पनि विस्तृत छलफल गरेको थियो। नयाँ नेतृत्वले हार्डवेयर व्यवसायको प्रवद्र्धन, व्यापारीहरूको हकहित संरक्षण र संघलाई थप सक्षम र सक्रिय बनाउने प्रतिवद्धता जनाएको छ।