धनगढी, २४ कार्तिक / कैलाली बहुमुखी क्याम्पसमा ‘जेन जी’ आन्दोलन र देशको मार्गचित्र, वर्तमानको प्रभाव र भविष्यको गन्तव्य’ विषयक वहस गरिएको छ। क्याम्पसको मानविकी संकाय राजनीति शास्त्रमा अध्ययनरत विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको राजनीति शास्त्र छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी सन्तोष रावलले जानकारी दिए।
पाठ्यक्रम सँग सँगै समसामयिक राजनीतिक घटनाहरुमा विद्यार्थीहरुलाई सचेत बनाउन कार्यक्रम गरिएको राजनीति शास्त्र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गौरी सिंहले जानकारी दिइन्।
राजनीति शास्त्रका उप-प्राध्यापक सिद्धराज पण्डित, कानुन संकायका उप-प्राध्यापक पदम पाल र आमसञ्चारका उप-प्राध्यापक टेकेन्द्र देउवाले समसामयिक बिषयका प्रश्नको जवाफ दिँदै विद्यार्थीहरुको धारणा प्रष्ट पारेका थिए।
कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी साकार बोगटीले बताए ।