• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो

धनगढी । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ । वैशाख, जेठमा पाखो जमिनमा लगाएको सिमी पाकेपछि पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई भित्र्याउने चटारो परेको हो ।

पछिल्लो समय पाँडीका किसान प्रायः सिमी नै लगाउँछन् । यसलाई दालका रूपमा प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै उपयोगी यो सिमीको माग धेरै बढेकाले किसानले पनि धेरै लगाउन थालेको पाँडीका स्थानीय जुना रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोदोसँगै सिमी पनि पाकेको छ । कात्तिकमा धेरै पानी पर्दा त्यसले भिजाउँछ कि भन्ने डरले अहिले स्थानीयलाई सिमी भित्र्याउन भ्याइनभ्याइ छ ।”

यो अर्गानिक हुन्छ । उहाँका अनुसार भेडाबाख्राको पिसाब र जुतोमा सिमी उत्पादन हुन्छ । त्यसैले यसको माग धेरै बढेको छ । किन्नका लागि पनि अहिले गाउँमै व्यापारी आउने गरेको जुना रोकायाले बताउनुभयो । पाखो जमिनमा धेरै राम्रो फल्ने भएकाले किसानले कोदोसँगै सिमी लगाउने गरेका छन् ।

यहाँको सिमी पहिला फाट्टफुट्ट जिल्लाको मार्तडी बजारसम्म पुग्ने गथ्र्यो । यसलाई कर्मचारी तथा अन्यले किन्थे । अहिले गाउँमा गाडी पुगेपछि जिल्लाबाहिर समेत बिक्री हुने गरेको छ ।

पहिला सिमी कतै बिक्री नहुने भएकाले यहाँका स्थानीय आफूलाई खानका लागि मात्र लगाउँथे । दुर्गम गाउँबस्ती तथा पाँडीको गाउँमै सडक पुगेपछि यहाँका किसानले उत्पादन गरेको यो सिमी देशका विभिन्न ठाउँमा पुग्न थालेपछि पछिल्लो समय सिमी बढी लगाउन थालेका छन् । अहिले यहाँका एक घरपरिवारले झन्डै दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्ने गरेको स्थानीय रोकायाले बताउनु भयो ।

बाजुरामा सिमीलाई मुख्य दालका रूपमा लिइने गरिन्छ । यहाँ सिमी राम्रो उत्पादन पनि हुन्छ । यसले यहाँका स्थानीयको आर्थिक रूपमा टेवा पुग्ने सम्भावना देखिएकाले यसको राम्रोसँग खेती गर्न किसानलाई उत्प्रेरित गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दालगायतका विभिन्न ठाउँमा सिमी राम्रो उत्पादन हुने गरेको भए पनि कति हेक्टर जमिनमा कति सिमी उत्पादन हुन्छ भन्ने खासै यकिन नभएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।

बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.