धनगढी । बैतडीका विभिन्न स्थानमा नेटवर्कको समस्या देखिन थालेको छ । हिउँदयाम सुरु भएसँगै जिल्लाका विभिन्न क्षेत्रहरुमा नेटवर्कको समस्या देखिन थालेको हो ।
हिउँदयाममा वर्षौदेखी सो समस्या भोग्दै आएका बैतडीबासीहरुहरुले यसवर्ष पनि सो समस्या खेप्नुपर्ने अवस्था आएको छ । नेटवर्कमा समस्या देखिदा कामका लागि वा पढाईको सिलशिलामा बाहिर रहेका आफन्तजनसंग कुराकानी गर्न समेत अप्यारो हुने गरेको यहाँका स्थानियहरुले बताएका छन ।
जिल्लामा कतै टावर भएपनि विद्युत नजोडिएको कारण त कतै टावर नभएको कारण नेटवर्कमा समस्या हुने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख पुण्य विक्रम पौडेलले बताए । उनले दुर सञ्चारसंग नेटवर्कको समस्याको समाधाना लागि कुरा भैरहेको बताएका छन ।
