• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐन संशोधन गर्न दबाब

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरूका लागि ल्याएको ऐन संशोधन गर्न माग गरिएको छ । प्रदेश सरकारले २०८१ मै स्थानीय सेवा (गठन तथा संचालन ऐन) जारी गर्दै १५ असार २०८२ राजपत्रमा प्रकाशित गरेको थियो । ऐनमा भएका केही बुँदा अव्यवहारिक भएको भन्दै कर्मचारीदेखि, जनप्रतिनिधिले संशोधनका लागि प्रदेश सरकारलाई दबाब दिइरहेका हुन् । ऐनले स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई समेट्न नसकेको दाबी छ । असन्तुष्ट कर्मचारी समक्ष २३ भदौँ ०८२ मा मुख्यमन्त्री कमलबहादुर शाहले नै आश्वासन दिए पनि ऐन संशोधनका लागि पहल नभएको दुखेसो गरिएको छ ।

चार बुँदामा ऐन संशोधनको माग अघि सार्दै फेरी नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य एवं भीमदत्त नगरका मेयर पदम बोगटीले ऐनमा भएका विषय संशोधनका लागि मुख्यमन्त्री शाहलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । नगरपालिका महासंघका केन्द्रीय सदस्य समेत रहेका मेयर बोगटीले ऐनका रहेका चार बुँदामाथि संशोधन हुनुपर्ने माग अघि सारेर ज्ञापनपत्र बुझाएको बताए । गाउँपालिका महासंघका सुप प्रदेश समिति अध्यक्ष लोकेन्द्रबहादुर शाही र नेपाल नगरपालिका संघका अध्यक्ष बिरेन्द्र भट्टले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले फेरी पनि ऐन संशोधन गर्ने आवश्वसन दिएका छन् ।

ऐनको दफा १५ अबिलम्ब शंशोधन गर्नुपर्ने र ऐनका आधारमा नियमावली बनाउने, तत्कालको समाधान गर्न स्वीकृत दरवन्दीमा कार्यपालिकाको बैठकबाट आवश्यकता र औचित्यताका आधारमा करारमा राख्न पाउने प्रक्रियागत व्यवस्था मिलाई नियुक्ति गर्न सक्ने र त्यस सम्बन्धित नियुक्तिको जानकारी प्रदेश सरकारलाई दिने व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी, संघीय सरकार र प्रदेश सरकारबाट तोकिएका विशेष कार्यक्रम स्थानीय सरकारबाट सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति सो कार्यका निम्ति करारमा राख सक्ने व्यवस्था हुनुपर्ने, स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन स्थानीय सेवा ऐन ०८१ मा सबै कर्मचारीको वृत्ति विकासका लागी जेष्ठता कायम गर्ने, शैशिक योग्यता लगायतका विषय र करारका कर्मचारीका विद्यमान व्यवस्थाको पुनरालोकन गरी शंशोधन गर्ने, स्थानीय सेवा ऐन ०८१ मा भौगोलिक बर्गिकरण, करारका कर्मचारीको उपदान विषयलाई नियमावलीमा उल्लेख नगरी संकुचन गरेकाले संघिय कानुनद्वारा भौगोलिक वर्गीकरण तोक्ने नभई प्रदेश कानूनद्वारा नै भौगोलिक वर्गिकरण तोक्नुपर्ने र यसैगरी करारका कर्मचारीको स्पष्ट व्यबस्था गर्नुपर्ने र स्थानीय सरकार संचालन ऐनले स्थानीय सरकारलाई सामुदायिक बनबाट प्राप्त हुने निश्चित लाभ प्रदान गरेकोमा प्रदेश सरकारले यस सम्बन्धित व्यवस्था कटौती गर्न नमिल्ले भएकाले प्रदेश सरकारले यस सम्बन्धित व्यवस्थालाई सहजीकरण गर्न उनीहरुले माग गरेका छन । यस्तै, स्थानीय तहमा कार्यरत कार्मचारीहरूले समेत ऐन संशोधनका लागि छलफलमा जुटेका छन् ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.