धनगढी । असोजमा मात्रै सुदूरपश्चिम प्रदेशका ७ हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार सुदूरपश्चिम प्रदेशका ७ हजार ९६५ जनाले असोजमा मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार, सबैभन्दा बढी श्रम स्वीकृति कैलालीका १ हजार ६ सय १५ जना, कञ्चनपुरका १हजार ४सय ६२ जना, अछामका १हजार ३सय २६ जना, बैतडीका १हजार ७६ जना, बझाङका ७ सय १२ जना, दार्चुलाका ५सय ७९ जना, बाजुराका ५सय १० जना, डडेलधुराका ४सय ३९ जना र डोटीका २सय४६ जनाले श्रम स्वीकृति लिएका हुन् ।
कैलाली र कञ्चनपुरमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या सबैभन्दा बढी देखिएको छ भने सबैभन्दा कम डडेलधुराबाट लिएका छन् ।