धनगढी १५ कार्तिक । सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिले जेन्जी आन्दोलनवाट आगजनी भएको गोदावरी नगरपालिका र पुर्नवास नगरपालिकालाई एक एक थान(प्रिन्टर) सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार नगरपालिकाको कार्यालयमा नगरप्रमुखलाइ सहयोग साम्री हस्तान्तरण गरिएको हो ।
नगरपालिका आगजनी पछि कामकाजमा सहयोग पुगोस भनेर नगरपालिकाकै आवश्यकताको आधारमा सहयोग गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिका अध्यक्ष महादेव भट्टले वताए । समाजले विभिन्न समयमा मानविय सेवामा आधारित विभित्र किसमका सहयोग गर्दै आइरहेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम नेपाली अन्तर्राष्ट्रिय समितिका सचिव डम्बर खडका, संरक्षक दिपक प्रकाश मल्ल, सुदूरपश्चिमेली नेपाली समाज भारका केन्द्रीय अध्यक्ष महादेव भट्ट, सुदूरपश्चिमेली समाज भारत दिल्ली राज्य सदस्य लक्ष्मी चन्द लगायतको उस्तिथि रहेको थियो ।

