• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भदौ २४ को घटनाबारे छानबिन गर्न आयोगको टोली कैलालीमा 

धनगढी, १४ कार्तिक / भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगको टोलीले शुक्रबार कैलालीमा अनुगमन गरेको छ। आयोगका सदस्य विशेश्वर प्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयहरूको स्थल अनुगमन गर्दै सम्बन्धित निकायहरूसँग अन्तरक्रिया गरेको हो।

अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य भण्डारीले आयोग देशभरका प्रतिनिधिमूलक स्थानहरूमा पुगेर घटनाको वास्तविक अवस्था बुझिरहेको बताए। उनले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेको उल्लेख गर्दै, दण्डहीनताले प्रश्रय नपाओस् भन्ने हाम्रो प्राथमिकता हो, भने।

भण्डारीले घटनाका पीडितहरूमा अझै न्याय नपाइने डर रहेको जानकारी दिँदै आयोगले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। कर्णाली प्रदेश राजधानी सुर्खेतमा अनुगमन सकेर टोली कञ्चनपुर हुँदै कैलाली पुगेको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न, क्षतिपूर्ति उपलब्ध गराउन र निर्दोष नागरिकका घर तथा सम्पत्तिमा भएको क्षतिलाई सम्बोधन गर्न माग गरे। स्थानीयहरूका अनुसार केही निर्दोष परिवारका घर जलाइएका कारण बालबालिका र वृद्धहरूलाई बसोबासमा समस्या भएको छ।

कार्यक्रममा सहभागी राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा जेनजीको नाममा अराजक तत्वहरू हावी भएर देशभर विनाश मच्चाएको आरोप लगाए। उनले भने, “देशका सार्वजनिक सम्पत्ति जलाइरहेका, तोडफोड गरिरहेका व्यक्ति खुलेआम हिँडिरहेका छन् तर राज्यले तिनलाई संरक्षण गरिरहेको जस्तो देखिन्छ, यो अत्यन्त गम्भीर विषय हो।” भट्टले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै दण्डहीनताको संस्कृतिले पुनः बल नपाओस् भनेर सचेत गराए।

आयोगको टोलीले कैलालीमा संकलित विवरण, स्थानीय सरोकारवाला र पीडितहरूको भनाइ संकलन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ।

शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.