• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रभावित क्षेत्रमा पश्चिम सेतीको सार्वजनिक सुनुवाई कार्यक्रम हुदैँ

धनगढी । सुदूरपश्चिमको बहुचर्चित र सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना सञ्चालनका लागि प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । ८०० मेगावाट क्षमताको सो आयोजना सञ्चालनका लागि भारतीय कम्पनी नेशनल हाइड्रोपावर कर्पोरेशन ९एनएचपीसी० ले प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गर्ने भएको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै पश्चिम सेती परियोजनाको प्रदेशका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको जानकारी दिएको छ । वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० को मस्यौदा प्रतिवेदन बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको कम्पनिले जनाएको छ ।

उक्त कार्यक्रमहरु कार्तिक १८ गतेदेखी सुरु भएर कार्तिक २४ गते सम्पन्न हुने सूचनामा उल्लेख छ । सूचना अनुसार कार्तिक १८ गते बझाङको केदारस्युँ गाउँपालिकास्थित देउरा बजार र थलारा गाउँपालिका– १ रेगममा कार्यक्रम सञ्चालन हुनेछ । त्यसपश्चात कार्तिक २० गते डोटीको सायल गाउँपालिका– १ धरमघर र बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै कार्तिक २२ गते डोटीको शिखर नगरपालिका– १० बानेडुग्रीसैन र आर्दश गाउँपालिका– ५ तलारासेरामा तथा कार्तिक २४ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ शिरोडमा कार्यक्रम आयोजना हुने भएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न २०५४ सालमा अस्ट्रेलियाको स्मेक कम्पनीले झन्डै डेढ दशकसम्म ओगटेर राखेको थियो । सो कम्पनीले काम अघि बढाउन नसकेपछि सरकारले स्मेकसँग सम्झौता तोडेको थियो । सो जलविद्युत् आयोजना निर्माण गर्नका लागि २०६८ सालमा चीनको थ्री गर्जेजसँग सरकारले समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सो कम्पनीले पनि निर्धारित समयमा वित्तीय व्यवस्थापन गर्न नसकेपछि आयोजना निर्माणबारे अन्योल नै थियो । २०७९ साउन २३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

आयोजना सम्पन्न हुने अपेक्षा

लामो समयको प्रतिक्षापछि सार्वजनिक सुनुवाई कार्यक्रम हुन लाग्दा स्थानियहरुले आयोजना सम्पन्न हुने अपेक्षा लिएका छन् । पश्चिम सेती जलविद्युत् आयोजना सुदूरपश्चिमको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण भएकाले यसको सम्पन्नताले सुदूरपश्चिमको विकासमा नयाँ अध्याय थपिने विश्वास लिईएको छ । पश्चिम सेती परियोजना निमार्णले गति लिन सकेमा यसवाट विद्युत् उत्पादनका साथै वृहत् रोजगारीको समेत अवसर रहने कुरामा स्थानीयहरू आसावादी छन् ।

शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.