• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाश रानाको प्रेरणादायी यात्रा

धनगढी ।  विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् ।

दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उहाँले आफ्नो जीवनमात्र होइन । गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उहाँको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् ।

कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गर्नुभएको छ । उहाँका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ ।

सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उहाँकोे दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उहाँको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उहाँकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् ।

रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उहाँले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् ।

विसं २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । “पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थे, मल हाल्थे विषादी छर्किन्थे, बेर्ना हुर्काउँथे, बिरुवा स्याहार्ने कार्य गर्दथे”, रानाले भन्नुभयो, “त्यही क्रममा खेतीका तौरतरिका सिके र आफूले पनि गर्ने हिम्मत गरे, व्यावसायिकखेती गर्ने निधो गरी लागे ।”

थोरै पुँजी र ठूलो जोशका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उहाँले भन्नुभयो, “सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो, त्यो आम्दानीले तरकारीखेती गर्ने आत्मविश्वास पलायो, त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारीखेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरुसँग हात थाप्नै परेन ।”

एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ । “पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ”, उहाँ हाँस्दै भन्नुहुन्छ ।

उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उहाँको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ । बजारसम्म तरकारी ढुवानी गर्न उहाँले आफ्नै अटो खरिद गर्नुभएको छ । “पहिले साइकलमा बजारसम्म तरकारी पुर्याएर बेच्थेँ, त्यसपछि मोटरसाइकलमा राखेर तरकारी बेच्न थालेँ, अहिले अटोमै तरकारी बेच्न जान्छु”, उहाँ गर्वका साथ भन्नुहुन्छ, “कृषि पेसालाई सही तरिकाले गरे जीवन नै बदलिने रहेछ ।” तरकारीखेतीले उहाँको जीवनस्तरमा ठूला परिवर्तन ल्याएको छ । पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्नुहुन्छ । उहाँले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गर्नुभएको छ । रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन् । “गुणस्तर बीउको प्रयोग गरी बिरुवा तयार हुने भएकाले बजार खोज्न पर्दैन”, उहाँ भन्नुहुन्छ, “किसान आफैँ बारीसम्मै नगदमा बिरुवा खरिद गरेर लैजान्छन् ।”

परिवारका सबै सदस्य खेतीमा सघाउँछन् । श्रीमती र छोरा दुवै जनाले तरकारीखेती र नर्सरीको काममा साथ दिन्छन् । “परिवारकै सदस्य मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ”, उहाँ भन्नुहुन्छ ।

बजार विस्तारसँगै उहाँले खेती आधुनिक बनाउन तालिमहरू पनि लिनुभएको छ । कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाले आयोजना गरेको तालिमबाट उहाँले बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेका छन् । “तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु”, उहाँ भन्नुहुन्छ । रानाको तरकारीखेतीप्रतिको लगाव देखेर कृषि ज्ञान केन्द्र र नगरपालिकाका तर्फबाट कृषि औजार र यन्त्रहरूमा अनुदान पनि पाएका छन् ।

भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन् । “युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ”, उहाँ भन्नुहुन्छ, “मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु ।” रासस

शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.