• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नति

धनगढी । कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नतिको काम सकिएको छ । कुल ९५.७ किलोमिटर रहेको यो जिल्लामा करिब ७० किलोमिटर स्तरोन्नतिको काम सकिएको हो । आर्थिक वर्ष २०७७/७८ बाट हुलाकी राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य जारी रहेको छ ।

पूर्वपश्चिम जोड्ने सत्ती–भजनी–धनगढी हुलाकी राजमार्ग ६६ किलोमिटर रहेकोमा हालसम्म ५२ किलोमिटरमा काम पूरा भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यो खण्डको हसुलियादेखि कटैनी पुलसम्मको सातौँ र भजनीको ठेकीपुर पुलदेखि आठौँ प्याकेजमा काम बाँकी रहेको छ । हसुलियादेखि कटैनीसम्म दुई किलोमिटरमा ब्ल्याकटप र सबबेसको काम भइरहेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर गणेशबहादुर बुढाले जानकारी दिनुभयो । यो खण्डमा स्वच्छन्द जेभीले काम गरिरहेको छ ।

ठेकीपुरदेखिको खण्डमा ब्ल्याकटपको काम बाँकी रहेको छ । कालिका–जोशी जेभीले यस खण्डमा ठेक्का पाएको छ । यसै गरी उत्तर–दक्षिण जोड्ने लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर हुलाकी राजमार्गमा आधाभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म १७.५ किलोमिटरमा कालोपत्रेको काम भइसकेको छ । अन्तिम प्याकेजमा काम भइरहेको जनाएको छ । यस वर्ष हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य पूरा हुने बुढाले बताउनुभयो । चालु आवमा हुलाकी राजमार्गका लागि ४० करोड बजेट आएको छ । यस वर्ष काम गर्नका लागि बजेटको समस्या नरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.