धनगढी । कैलालीको लम्कीमा ट्याक्टर दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन्। लम्कीबाट चिसापानी मलामी जाने क्रममा तीनजनाको मृत्यु र ९ जना घाइते भएको प्रहरी निरीक्षक राज कुमार सिंहले जानकारी दिए। चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको परिचय खुल्ने कार्य जारी रहेको बताइएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित हुँदा ट्याक्टर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।
बाँकी विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राज कुमार सिंहले बताए।