• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदै

धनगढी ।आगामी फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदैछन् । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवा बढी रहेको पाइएको छ । २०७९ को निर्वाचनसम्म डडेलधुरा जिल्लामा ९४ हजार ३१४ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल सङ्कलन भइरहेको मतदाता नामावली सङ्कलनमा दैनिक मतदाताको सङ्ख्या थपिँदै गइरहेका छन् ।

उहाँका अनुसार शुक्रबार कार्यालय समयभित्र १२९ जना नयाँ मतदाताहरूले नाम दर्ता गराउनुभएको छ । यो सङ्ख्यामध्ये जेनजी उमेर समूह करिब ९० प्रतिशत भएको उहाँले बताउनुभयो । नयाँ नागरिकता बनाउनेको सङ्ख्या धेरै र केही छुटेका मतदाताहरू नाम दर्ताका लागि कार्यालय पुग्ने गरेको उहाँले बताउनुभयो । हालसम्म नाम दर्ता गराउनु भएका मतदातामध्ये पुरुष ८६ र महिला ४३ रहनुभएको छ । अरू जिल्लाभन्दा कम जनसङ्ख्या हुनु र अधिकांश युवा विदेशतिर रहेकाले मतदाता नामावली सङ्कलनमा चाप कम देखिएको उहाँले बताउनुभयो ।

२०७४ को निर्वाचनमा डडेलधुराको मतदाताको सङ्ख्या ८८ हजार ४५ थियो । सो कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टका अनुसार २०७८ सम्म छ हजार २६९ मतदाता थप भएर डडेलधुराको कुल मतदाता सङ्ख्या ९४ हजार ३१४ पुगेको थियो । यस वर्षको चुनावमा उथलपुथल नै हुने गरेर मतदाता नथपिने अनुमान गर्न सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ४२० रहेको छ । बाजुरा समाचारदाताका अनुसार बाजुरामा नयाँ मतदाता नामावली बनाउनेको सङ्ख्या वृद्धि भएको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले नयाँ मतदाता नावली बनाउन सहज गरेसँगै यहाँका युवायुवती धमाधम आफ्नो मतदाता नामावली बनाउन जिल्ला निर्वाचन कार्यालय मार्तडी पुग्ने गरेका हुन् । नामावली बनाउन छुटेका र अहिले बल्ल १८ वर्ष उमेर पुगेकाले निर्वाचन कार्यालय मार्तडीमा आफ्नो मतदाता नामावली बनाउने गरेका छन् । असोज १० गतेदखि अहिलेसम्म यहाँ ८४ महिला र १२७  पुरुष गरेर २११ जनाले नयाँ मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताउनुभयो । बाजुरामा २०८२ भदौसम्म ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र तीन जना अन्य गरेर ८६ हजार ५७५ जना मतादाता रहेको महतले बताउनुभयो ।

आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.