• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्य मनोनयन

 धनगढी/ कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्य मनोनयन गरिएको छ । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको सभाको पहिलो बैठकले सात जना विज्ञलाई सभाको सदस्य मनोनयन गरेको हो ।

सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमेत उपस्थित सो बैठकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तलाई सभाको सदस्यमा मनोनयन गरेको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (६) बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनित एक जनालाई सदस्य मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम बैठकले पन्तलाई सभा सदस्यमा मनोनयन गरेको हो ।

यसै गरी प्राध्यापक डा. जयराज अवस्थी (दार्चुला), प्राध्यापक डा. अम्मराज जोशी (बझाङ), प्राध्यापक डा. लवदेव अवस्थी (बैतडी), प्राध्यापक डा. सङ्गीता राजभण्डारी (काठमाडौँ), डा. डम्बरबहादुर पाल (दार्चुला) र सहप्राध्यापक अनुराधा रोकाया (कञ्चनपुर) लाई सभा सदस्य मनोनयन गरिएको छ । यस्तै ऐनको दफा २५ को उपदफा (१) बमोजिम उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि बैठकले सिफारिस समिति पनि गठन गरेको छ । समितिको संयोजकमा डा. जयराज अवस्थी र सदस्यमा प्राध्यापक डा. दीपक महरा र प्राध्यापक डा. भारती जोशी सदस्य रहनुभएको छ । कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चालु आर्थिक वर्षबाट सञ्चालन गर्ने सङ्घीय सरकारको प्रयास छ ।

बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.