• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छाउगोठ त्याग्दै नयाँ पुस्ताका महिला

 धनगढी/ बाजुराका नयाँ पुस्ताका महिलाहरुले यती बेला धमाधम छाउगोठ त्याग्न  थालेका छन् । पुराना पुस्ताका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरेको छाउगोठमा सुत्ने गरेकाले नयाँ पुस्ताका महिलाहरुले पनि उनीहरुकै सिको गर्दा छाउगोठमा बस्नु पर्ने बाध्य हुँदै आएका थिए ।

महिनावारी भएको बेलामा यसरी महिलाहरु बाहिर छाउगोठमा सुत्ने गरेकाले कयौ महिलाहरुको अकालै ज्यान जाने गरेपछि यहाँको स्थानीय सरकार तथा प्रशासनले छाउगोठ भत्काउने अभियान सुरु गरेसँगै अहिले पछिल्लो समय यहाँका महिलाहरुले गोठ त्याग्दै घरमा बस्न थालेको हुन् ।

छाउप्रथाको बारेमा आफुलाई केही जानकारी नहुँदा पहिला लामो समयदेखि छाउगोठमा बस्ने गरेको थिए । अहिले यसो बुझ्दा यो केही होइन भन्ने कुराको महसुस भएपछि अहिले आफु महिनावारी भएको बेलामा पनि घरकै कोठामा सुत्ने गरेको हिमाली गाउँपालिका –६ जन्मा पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुराना पुस्ताका महिलाहरु अहिले पनि छाउगोठमा बस्न लगाउँने गरेका छन् । तर हामीहरुले त्यो कुप्रथालाई अन्त्य गर्नकै लागि पछिल्लो समय महिनावारी भएको बेलामा पनि कोठामा नै सुत्ने गरेका हौ ।”

घरमा बस्न त के महिनावारी भएको बेलामा दही महि केही खान दिँदैन थिए । अहिले हामीले उहाँहरुकै अगाडि त्यो सबै खाने गरेका छौ । तर अहिले सम्म न हामीलाई केही भएको छ । नत गाईभैँसीलाई केही भएको छ । यो सब गलत भन्ने कुरा अहिले प्रष्ट भएकोले यती बेला यहाँका धेरै महिलाहरु महिनावारी भएपनि घरकै कोठामा सुत्ने गरेको पाण्डेले बताउनुभयो ।

बाजुरामा छाउप्रथा महिलादेखि अहिलेसम्म कायमै रहँदै आएको थियो । पुराना पुस्ताका महिलाहरुले धामीझाँक्रीहरुको डरले उनीहरु महिनावारी हुँदा कहिल्यै पनि घरमा सुत्दैन थिए ।

२०७५ साल पुस २५ गते बाजुराको बुढीनन्दा –९ को अगाउँपानीमा आमा अम्भा बोहरा सहित दुइ छोराको  छाउगोठमा आगोले निसासीएर ज्यान गएको थियो । त्यसपछि यहाँ छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो ।

त्यसपछि २०८१ गत माघ १४ गते बुढीगङ्गा नगरपालिका –८ रिठा प्रहरी चौकीले नुवाकोट, सिगाडा, भण्डारगाउँ, झारगाउँ, बदेडा, तिमाडा र सेलापाखा लगायतको छाउगोठ अनुगमन गरेको थियो ।

प्रहरीले यहाँका गाउँ बस्तीमा छाउगोठको अवस्था के छ भनेर अनुगमन गर्दा त्यहाँ २९ वटा छाउगोठ देखिएका थिए । अहिले ती देखिएका छाउगोठ  पनि भत्काएका छन् ।

बाजुरामा झण्डै ५११ वटा छाउँगोठ समेत भत्काएको थियो । अहिले त्यो अभियान सञ्चालन भइरहेको छ । यो अभियान सुस्ताएसँगै गोठ फेरि निर्माण हुने भएकोले  यहाँका स्थानीय तहले यो अभिायन निरन्तर राखेको हुन् ।

पहिला यहाँका महिला महिनावारी हुँदा छाउगोठमा बास बस्ने गथ्र्ये । उनीहरुलाई छाउगोठ बस्न नदिएर घरमै कोठामा बास बसाल्ने गरी विभिन्न जनचेता मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्न्नुभयो, “पहिलेका महिलाहरु अशिक्षित भए उनीहरुलाई केही कुरा थाहा थिएन । बिरामी हुँदा पनि देउताकै भर पर्ने गरेका थिए । अहिले नयाँ पुस्ताका महिलाहरु प्रायः सबै शिक्षित छन् । उनीहरुलार्ई सबै कुराको थाहा छ । आफ्नो स्वास्थ्यका बारेमा आफैँले ख्याल राख्ने गर्छन । त्यसैले उनीहरु अहिले  महिनावारी भएपनि छाउगोठमा नसुतेर आफ्नो घरकै कोठामा बस्ने गर्छन् ।”

अहिले हामीले छाउप्रथा मुक्त क्षेत्र घोषण गर्ने गरी यहाँका सबै वडामा जनचेतनामुकल अभियान सञ्चानल गरेका छौ । केही समयपछि पूरै पालिकालाई नै छाउप्रथा मुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.