धनगढी ,६ पुस । चुरे गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ कमिटी गठन भएकाे छ । तेस्रो पालिका सम्मेलनबाट ३१ सदस्यीय नयाँ गाउँपालिका कमिटी चयन भएको हाे । पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरी (सिंहराज) प्रमुख आतिथि रहेका थिए भने हर्क नेपाली उक्त सम्मेलनको अध्यक्ष रहेका थिए ।
सम्मेलनमार्फत सर्वसम्मत रूपमा मोहन अध्यक्ष ठाडामगर सहितकाे नयाँ कमिटी गठन भएको हाे । अन्य पदाधिकारीहरूमा भोज बम, खेम साउद, र गोपाल धामी उपाध्यक्ष, पुष्कर आचार्य सचिव, राधिका साउद कोषाध्यक्ष, र नरबहादुर बि.क. सह-सचिव लगायत ३१ सदस्य गाउँपालिका कमिटी चयन भएकाे हाे ।
सम्मेलनमा स्थानीय स्तरमा पार्टीको भूमिका सुदृढ गर्दै जनताका समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो। प्रमुख अतिथि चौधरीले नवगठित कमिटीलाई शुभकामना दिँदै पार्टीको आदर्श र उद्देश्यलाई अगाडि बढाउन आग्रह गरे।
