• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

तरुण दलको स्थापना दिवसको अबसरमा टीकापुरमा लागु औषध विरुद्ध अन्तरक्रिया

टीकापुर, १० कात्तिक/नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर १ ले आज टीकापुरमा ७२ औं स्थापना दिवस मनाएको छ । उसले लागु औषध विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि शाहले लागु औषध दुव्र्यसन साझा समस्या भएको बताए । उनले लागु औषध दुव्र्यसन रोकथामलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । ‘यो हामी सबैको समस्या हो । यसको रोकथाममा सबैको हातेमालो हुनुपर्छ’ उनले भने–‘सबैको साझा प्रयासले मात्रै दुव्र्यसन रोकथाम गर्न सकिन्छ ।’

उनले दुव्र्यसनको विकल्प खेलकुद हुने भएकाले खेलकुदका माध्यमबाट दुव्र्यसन रोकथाम गर्न सहज हुने बताए । उनले राज्यका तीनै तहले खेलकुदका क्षेत्रमा बजेट बढाउनुपर्नेमा जोड दिए । उनले टीकापुर नगरपालिकाले खेलकुदका क्षेत्रमा छुट्याएको बजेटको दुरुपयोग भैरहेको आरोप लगाए ।‘नगरपालिकाले छुट्याएको बजेट बिल मिलाएर खर्च गरिन्छ’ उनले भने–‘खेलकुदको बजेट दुरुपयोग रोक्नुपर्छ ।’

सोही कार्यक्रममा विशिष्ट अतिथि रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविन राजा बुढाथोकीले दुव्र्यसन मुक्त टीकापुर बनाउने साझा संकल्पको आवश्यकता रहेको बताए । उनले प्रहरीको एक्लो प्रयासले यो सम्भव नरहेको बताए । ‘प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव छैन’ उनले भने–‘सबैको हातेमालो जरुरी छ ।’

उनले दुव्र्यसन आफैमा अपराध नभई दुव्र्यसनले अपराध बढाउने बताए । उनले कानूनी कारवाहीले मात्रै दुव्र्यसन रोकथाम हुन नसक्ने भन्दै यसका लागि जनचेतना आवश्यक रहेको बताए । उनले प्रहरीले समाजमा निरन्तर रुपमा दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।‘हामी समाजमा जनचेतना फैलाउने कार्यमा सकृय छौं’ उनले भने–‘सबैको सहयोगको अपेक्षा राखेका छौं ।’

कार्यक्रममा पूर्व दुव्र्यसनी रहेर अहिले दुव्र्यसन विरुद्धको अभियानमा सकृय उपेन्द्र बटालाले समाज लागु औषधका कारण बदनाम भैरहेको बताए । उनले समेत रोकथामका लागि सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिए ।उनले लहलहैमा दुव्र्यसनमा फसेर पछि पछुताउनु भन्दा अहिले नै त्यसतर्फ आकर्षित नहुन युवाहरुलाई आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै सभापति कुँवरले युवालाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बताए । सो कार्यक्रम बीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा आयोजना गरिएको थियो । त्यहाँ क्रिकेट प्रतियोगिता सञ्चालन भैरहेको छ ।कुँवरले आफू समेत पूर्व दुव्र्यसनी रहेकाले यसका बारेमा राम्रो जानकारी रहेको बताए । उनले खेलकुदमा लागेका युवाहरु समेत दुव्र्यसनमा फस्ने डर रहेको बताउँदै त्यसतर्फ नलाग्न आग्रह गरे । कार्यक्रममा तरुण दल टीकापुर नगर समितिका उपसभापति उमेश नाथले स्वागत गरेका थिए ।

शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.