काठमाडौं/कोभिड नियन्त्रण गर्न भन्दै नेपाली वस्तु निर्यातमा रोक लगाएको रसुवागढी भन्सारबाट पुनस् सामान निर्यात हुन थालेको छ । भन्सार कार्यालय रसुवागीका अनुसार करिब ३२ महिनापछि चीनतर्फ वस्तु निर्यात हुन थालेको हो ।
आज मात्र ६ ट्रक सामान चिनतर्फ पठाइएको भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ूभन्सार जाँचपास भएको त तीनरचार दिन अगाडि नै हो । तर उताबाट खुलेको थिएन । आज खुल्यो, उनले भने, नेपाली ६ ट्रक सामान चाइना बोडरमा पुगेको छ । अब दुई ट्रक जाँचपास भएको छ । त्यो पनि भोलि जान्छ होला । आज बस्ने मुडा तथा हस्तकला सम्बन्धी सजावटका सामान चिन निर्यात भएको भण्डारीले बताए ।