काठमाडौं १, असार
चार दिनदेखि सुनको मूल्य क्रमिक ओरालो लागेको छ। मंगलवारको भन्दा ६ सय रुपैयाँले घटेर बुधवार प्रतितोला ९६ हजार ५ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलवार १ हजार ८ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधवार स्थिर छ। अघिल्लो दिनका तुलनामा तोलामा २० रुपैयाँ घट्दा मंगलवार कारोबार मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। बुधवार सुन प्रतिऔंस १८१३.२२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१.१२ डलर छ। मंगलवार सुन प्रतिऔंस १८२५.७२ डलर र चाँदी २१.१९ डलर थियो।