धनगढी, २३ पुस/कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई सुविधा वितरण गरेको छ । संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भई कर्जा कारोबार गरिरहेकी घोडाघोडी–६ बसन्ता बस्ने सदस्य स्व. जगमती चौधरीका श्रीमानलाई ९ लाख ११ हजार २ सय २४ रुपैया उपलब्ध गराएको हो ।
शुक्रबार संस्थाको सुख्खड शाखाले आयोजना गरेको शोक सभामा स्व.चौधरीका श्रीमान रेशम चौधरीलाई संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले चेक हस्तान्तरण गरेका हुन् । संस्थाले कर्जा कारोबार गरिरहेका महिला सदस्य वा निजको श्रीमानको मृत्यू भएमा निजका आश्रित परिवारलाई सदस्य सुरक्षण कोष मार्फत सुविधा स्वरुप कर्जा मिनाह तथा काजक्रिया खर्च उपलब्ध गराउँदै आएको छ ।
शुक्रबारै सोही स्थान बस्ने सदस्य सिता चदारालाई पनि ६८ हजार २ सय ५ सुविधा दिएको छ । श्रीमान् रघु चदाराको निधन भएपछि उनी श्रीमती तथा संस्थाकी सदस्य सिता चदारालाई रहक हस्तान्तरण गरिएको हो ।शोकसभामा वडाध्यक्ष श्री विनोद विश्वकर्मा, भल्मन्सा विर बहादुर चौधरी मृतकका आफन्त लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
सभामा शोकमन्तव्य व्यक्त गर्दै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह ले संमृद्धिका लागी समुदाय संग संगै भन्ने मुल नाराका साथ अघि बढेको किसान सहकारी संस्था सदैव सदस्यहरुको सुख दुःखमा साथ दिने कुरामा निश्चिन्त रहन अग्रह गरे । किसान बहुउद्देश्यीय सहकारी संस्थाले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा ३७ शाखा कार्यालय मार्फत आप्mना ६५ हजार भन्दा बढी शेयर सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।