काठमाडौं, २९ कार्तिक । डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याइसकेको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो।
ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित)मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउने डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए। त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहितं)मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने उनले बताए।