काठमाडौं, २९ कार्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) २ कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार २ कम्पनीको ३७ लाख १७ हजार ९६९ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार अपि पावर कम्पनीको १० प्रतिशत बोनस सेयरवापतको २६ लाख २१ हजार ५९४ कित्ता सेयर सूचीकृत भएको हो । अपी पावरले आर्थिक वर्ष २०७७–७८ का लागि कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो।