• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सम्भव छ गुन्जी, कुटी र नाभीको जनगणना

धनगढी, १५ कार्तिक । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्।

चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।

भण्डारीका अनुसार ब्यास क्षेत्रका ब्यासीसौका सपरिवार कात्तिकपछि जाडो छल्न कुटी, नाभी, गुन्जी, तिंकर, छाङ्रुबाट दार्चुलाको खलंगा, बांगाबगर, जोलजीवी, लेकम, दुम्लिन–राप्ला, सितौला, देथला, धुलीगडा, असिगडा झर्ने गर्छन्। उनीहरू बेंसी झरेको स्थानमा टोली पठाएर जनगणना गर्न सकिने भण्डारी बताउँछन्।

बसाइँ सर्नुलाई उनीहरू ‘कुन्चा’ जानु भन्दछन्। गर्मी सुरु भएपछि अर्थात् चैतको सुरुमै उनीहरू ब्यास ९घर० फर्कछन्। यसरी ब्यास फर्कनुलाई ‘सौकेडा’ फर्कनु भन्छन्। भण्डारीका अनुसार सदरमुकाम दार्चुला, बाँगाबगर, जोलजीवी, लेकमलगायतका ठाउँबाट ब्यास समुदायको लगत लिनुपर्ने हुन्छ। ‘दार्चुलाको ब्यासमा मात्र होइन, मनाङ, मुस्ताङका थकाली समुदाय पनि हिउँदमा पोखरा र म्याग्दीतिर बसाइँ सर्छन्।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भारतद्वारा अतिक्रमित क्षेत्रको जनगणनाका लागि परराष्ट्र मन्त्रालयमा पत्रमार्फत अनुरोध गरिएको बताए। तर, केही जवाफ नआएको उनको भनाइ छ। उनले भने, ‘भौतिक उपस्थितिमा भने असम्भव छ तर पनि कुनै उपाय लगाएर जनगणना गर्नेबारे विभागले सोच बनाएको छ।’

राष्ट्रिय जनगणनाका लागि ३९ हजार गणक खटिने भएका छन्। ती गणकको तालिम शनिबारबाट सुरु भएको छ। ७७ वटै जिल्लामा ३४९ वटा जनगणना कार्यालयले कात्तिक १३–१६ गतेसम्म तालिम सञ्चालन गर्ने लामिछानेले बताए। काठमाडौंमा १७ गतेसम्म तालिम सञ्चालन हुने छ। यहाँ ट्यावलेट प्रयोग गरी जनगणना गरिने भएकोले तालिम एक दिन थप हुन लागेको उनले बताए।

लामिछानेका अनुसार तालिममा जनगणना क्षेत्र कसरी पहिचान गर्ने रु सही तथ्यांक ल्याउन गणकले अपनाउनुपर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयतालगायतका विषयको जानकारी गराइने छ।

‘गणकको साना गल्तीले सारा तथ्यांकको विश्वशनीयतामा प्रश्न आउने भएकोले आफ्नो जिम्मेवारी पूरा गर्न गम्भिर हुनुपर्छ,’ उनले भने, तालिम दिन क्याम्पस शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृतस्तरका कर्मचारी, स्नातकोत्तर उत्तीर्ण सुपरीवेक्षकसमेत गरी १५ सय प्रशिक्षक खटिएको विभागका निर्देशक लामिछानेले बताए।

विभाग तथा अन्य मन्त्रालयका अधिकृत, यूएनएफपीए र केन्द्रीय विभाग जनसंख्या शास्त्रका जनसंख्याविद् गरी करिब १ सय जना देशैभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनका लागि खटिएका छन्। जनगणनामा ५५ वटा प्रश्न सोधिने छन्। यी सबै प्रश्न गणकले हरेक घरपरिवारमा गएर सोध्नुपर्ने छ।

एउटा घरका लागि एक गणकले सबै प्रश्न सोध्न परिवारको आधार हेरी २०–३० मिनेट समय लगाउने अनुमान विभागको छ। व्यक्ति तथा पारिवारिक विवरण संकलन जनगणनाको मूल काम हो। त्यसका लागि हरेक घरपरिवारमा गणक पुगेर घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत विवरण लिने छन्। व्यक्तिको नाम, उमेर, घरमूलीसँगको नाता, शिक्षा, पेसा, रोजगारीका क्षेत्र,जाति, धर्म, भाषा, बसाइबराई अपांगतालगायतका प्रश्न सोधिने छन्।

सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.