काठमाडौँ, १द्द कार्तिक । ।नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँ घटेको छ । तेजाबी सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ।