• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा निर्माण भैरहेको नेपाल आमाको मूर्तिका लागी धातु अभाव

धनगढी,३१ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ भम्केनीधाम ९तिलाचौर० क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ ।

धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष कृष्णबहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु संकलन गरिने बताए ।

‘मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्छ’ उनले भने, ‘समितिसँग दुई टन मात्रै धातु मौज्दात छ । त्यसले मात्र पुग्दैन ।’ कैलाली, कञ्चनपुरलगायत जिल्लामा स्वयंसेवक परिचालन गरी धातु संकलन गरिने र यसका लागि सबैको सहयोगको खाँचो रहेको अध्यक्ष सिंहको भनाइ छ ।

मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले १० करोड ८२ लाखमा ठेक्का लिएको थियो । ‘निर्माण कम्पनीले मूर्ति निर्माणको कार्य गर्ने छ’ अध्यक्ष सिंह भने, ‘धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ ।’

निर्माणकार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएकोे र यसलाई ‘फिनिसिङ’ गर्ने कार्य भइरहेको छ । कमलको आसन निर्माणका लागि मात्रै तीन क्विन्टल भन्दाबढी धातु प्रयोग गरिएको छ । मूर्ति निर्माणका लागि चार वर्षसम्म लाग्ने बताइएको छ । समितिका अध्यक्ष सिंहकाअनुसार मूर्ति निर्माणका हालसम्म लागि रु। १ करोड ५० लाख भन्दाबढी खर्च भइसकेको छ ।

मूर्तिमा तामा, पितल, ढलौट, जिङक, सुनचाँदी, काँस र फलाम गरी अष्ठधातुको प्रयोग हुने निर्माण कम्पनी भ्याली कन्ट्रक्सनका सञ्चालक मनोहर महर्जन बताउँछन । ‘जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको परिकल्पनानुसार मूर्ति निर्माण भइरहेको छ’ उनले भने, ‘नेपाल आमाको मूर्तिमा चक्र, खुकुरी, जपमाला, राष्ट्रिय झण्डा, पैसाको माला, नौगेडी, कानको ढुङ्ग्री, मुकुट राखिने छ । मूर्तिमा चार हातसमेत निर्माण गरिने छ ।

‘बाक्स एण्ड लस प्रविधिमा मूर्ति निर्माण भइरहेको छ’ महर्जन भन्नुहुन्छ ‘यो प्रविधि विशुद्ध नेपाली हो । यसमा आधारित भएर हजारौं वर्षदेखि नेपाली मौलिकताका मूर्ति निर्माण भइरहेका छन् । यसै प्रविधिमा आधारित भएर चीनको लासा र भुटानमा बुद्धका मूर्ति निर्माण गरेका छौँ । निर्माण भइरहेको नेपाल आमाको मूर्ति विश्वमै टपटेन भित्रै पर्छ ।’

आर्थिक अभाव नभएमा मूर्ति निर्माण कार्य दुई वर्षमै सक्ने निर्माण कम्पनीको जिकिर छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टन धातु लाग्ने र निर्माणका लागि हाल सात कालिगढ कार्यरत रहेका महर्जनको भनाइ छ । मूर्ति निर्माण भइसक्दासम्म १२ हजार भन्दाबढी मजदूर आवश्यक पर्ने बताइएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मूर्ति निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । मेची–काली भ्रमणका क्रममा उहाँले धातु संकलन गर्नुभएको थियो ।

देवाचार्यकै परिकल्पनानुसार उक्त मुर्र्तित निर्माण हुनाका साथै भम्केनीलाई धामका रुपमा विकास गर्न प्रचार प्रसारसँगै विकासका कार्य अगाडि बढाइएको छ । भम्केनीधाम क्षेत्रलाई स्थानीय बासिन्दाले सिद्धनाथ बैजनाथका रुपमा पूजाआजा गर्दै आएका छन् । महाभारतका पाँच पाण्डवले तप गरेको भूमिका रुपमा समेत यस क्षेत्रलाई चिनिने यस क्षेत्रमा पाँच कुण्ड छन् ।

‘कुण्डको पानी कहिल्यै सुक्दैन’ स्थानीयवासी नहरबहादुर धामी भन्नुहुन्छ, ‘पचास वर्षअघि कुण्डमा जस्तो पनी थियो । हालसम्म पनि त्यस्तै र एकनासको पानी देखिन्छ ।’ धाम क्षेत्रमा संस्कृत शिक्षा विस्तारका लागि गुरुकुल समेत सञ्चालन गरिएको छ ।

 

आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.