• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

इन्टरनेट ग्राहकलाई यस्ता छन् दशैं अफर

कठमाडौं । दशैं लक्षित गर्दै धेरै विभिन्न कम्पनीहरूले छुट तथा उपहारको योजना सार्वजनिक गरिरहँदा इन्टरनेट सेवा प्रदायक कम्पनी पनि यसबाट पछि रहेनन् ।आफ्ना पुराना ग्राहक र नयाँ इन्टरनेट जडान गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले विभिन्न अफर सञ्चालनमा ल्याएका छन् । कुनै सेवा प्रदायकले छुटको घोषणा गरेका छन् भने कसैले विभिन्न उपहार दिने योजना ल्याएका छन् ।

वर्ल्डलिंक

देशको ठुला इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।

साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेट टिभी सब्स्क्रिप्सन, सेटअप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेट टिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

कम्पनीले २०, ३०, ४० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ४०, ६०, ८० र १०० एमबीपीएस गतिको इन्टरनेट दिने भएको हो । अब ग्राहकले मासिक ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेट टिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ ।

त्यस्तै, कम्पनीले वार्षिक सब्स्क्रिप्सन लिने ग्राहकका लागि मासिक एक हजार दुई सय रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ ।

मासिक १४०० रुपैयाँमै दुई वटा नेट टिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । त्यस्तै ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक १६०० रुपैयाँमै तीन वटा नेट टिभीसहित वर्ल्डलिंकको १०० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

सुबिसु केबल नेट

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट लिमिटेडले दशैँको उपलक्ष्यमा ‘दक्षिणा अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेटको वार्षिक प्याकेज १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।

५० एमबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि ग्राहकलाई करसहित मासिक एक हजार एक सय ६७ रुपैयाँ मात्र पर्न आउँछ । साथै ग्राहकहरूले वार्षिक सेवाको भुक्तानी ई(सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसका लागि भुक्तानी गर्दा प्रोमो कोड ‘गउबजबच’ प्रयोग गर्नुपर्नेछ ।

भायानेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘बडा दशैँमा बडा स्पिड, बडा टिभी’ नामक अफर ल्याएको छ । यो अफरमा ग्राहकले पुरानै मूल्यमा थप इन्टरनेट स्पिड सहितको प्याकेज प्राप्त गर्न सक्नेछन् ।

भायानेटले यस पटकको अफरका लागि साओमीसँग सहकार्य गरेको छ । जसअन्तर्गत साओमीका एन्ड्रोइड टिभीलाई भायानेटको इन्टरनेट प्याकेजमा बन्डल गरिएको छ । कम्पनीका अनुसार भायानेटको इन्टरनेट प्याकेज खरिद गर्दा दशैँ अफरको रूपमा ग्राहकले साओमीका ३२ इन्च र ५५ इन्च एन्ड्रोइड टिभी खरिदमा २२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । त्यस्तै पुरानै मूल्यमा थप स्पिड अन्तर्गत ग्राहकले अब भायाटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेट मासिक ११०० रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।

यसै गरी, भायाटिभी सहित ६० एमबीपीएसको मासिक शुल्क १२५० रुपैयाँ छ । कम्पनीले ८० एमबीपीएसको इन्टरनेट प्याकेजमा दुई ओटा भायाटिभी र १४० एमबीपीएसको इन्टरनेट प्याकेजमा तीन ओटा भायाटिभी उपलब्ध गराउनेछ । जसमध्ये ८० एमबीपीएस प्याकेजको मूल्य मासिक १४५० रुपैयाँ र १८० एमबीपीएस प्याकेजको मूल्य मासिक १८०० रुपैयाँ रहेको छ ।

डिसहोम फाइबरनेट

कम्पनीले इन्टरनेट ग्राहकलाई मासिक ८९९ मा १०० एमबीपीएस इन्टरनेटको साथमा ५ जी ड्युल ब्यान्ड राउटरको प्याकेज उपलब्ध गराउने भएको छ । साथै, डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कलेक्सनमा ग्राहकहरूले २ हजारको ला–लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै टेलिभिजन सेवा प्रदायक डिसहोमले रिचार्ज कार्डमा छुट योजना ल्याएको छ । टिभीको रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिसहोम रिचार्ज गर्दा कम्पनीले ग्राहकलाई २२०० रुपैयाँसम्म अतिरिक्त बोनस प्रदान गर्ने जनाएको छ ।

बुधबार, असोज २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.