काठमाडौं । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ।यातायात व्यवस्था विभागका अनुसार कोरोना महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु गर्ने तयारी भएको हो ।
विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार समेत गरिसकेको छ ।विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।
