किशोर तामाङ
कञ्चनपुर ७ जेठ/ नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोभिड १९ कोरोना भाइरसको संक्रमणले ठूलो संख्यामा मानिसहरुलाई संक्रमित बनाइ अधिकाँश बिमारीहरुमा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । अहिले जनप्रतिनिधीहरुले तदारुपताका साथ जनताको स्वास्थ्य सुरक्षामा जुट्नु पर्ने हो । तर, उनीहरु भने सुस्त देखिएका छन् ।
हरेक स्थानीय तहमा जनतबाट निर्वाचित जनप्रतिनिधि हरू मुखदर्शक भई जनताको जिउ धनको सुरक्षार्थ गम्भीर नभई दिदा यतिखेर सामान्य उपचार र अक्सिजनको लागि अस्पतालमा बिरामीहरू तड्पी रहेका छन । राज्यले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि करोडौ रुपैयाँ खर्च गरिरहेको अबस्थामा समेत सरकारी पहल शून्य बन्दै गएको हुँदा कंचनपुरको दक्षिणी क्षेत्रमा यतिबेला अक्सिजन सिलिन्डर बितरणको काममा केही युवाहरुले सक्रियता जनाएका छन् ।
बिशेषज्ञ चिकित्सक र स्थायी अस्पताल नभएको जिल्लाको दक्षिणी क्षेत्रका जनताहरुको प्राण रक्षाका लागि अक्सिजनको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्दै स्थानीय पुनर्वास नगरपालिकाकामा युवाहरू सक्रिय बनेका हुन् ।
पुनर्वास नगरपालिकामा जनताले चुनेर पठाएका जनप्रतिनिधिहरू सघिय सरकारमा बिना मगर, प्रदेश सरकारमा तारालामा तामाङ जिल्ला सभापतिमा फैरू तामाङ र स्थानिय सरकारमा जिवन राज थापा रहेका छन। शक्तिशाली र पहुँचको हिसाबले क्याबिनेट मन्त्री समेत रहेको स्थानीय पुनर्वास नगरपालिकाको अस्थायी कोभिड अस्पतालमा जम्मा ८सिलिण्डर रहेको छ । जसमा ४ थान स्थानीय सरकार द्वारा खरिद गरिएको ३ थान भागेश्वर सुगर मिल र १ थान त्रिभुवन स्वास्थ्य चौकीमा कार्यरत ल्याव इन्चार्ज जनक धामीको पहलमा ल्याउन सफल भएको छ । जनता रोगले सामान्य उपचार र सवारीसाधनको अभावमा सामान्य रोगले थला परी अकालमै ज्यान गुमाई रहन्दा मुखदर्शक बनेर बसेका जनप्रतिनिधिलाई पाठ सिकाउनकै निम्ति भएपनि अक्सिजन सङ्कलन र आपूर्तिमा थुप्रै युवा जमात लागि परेका छन ।
पेशाले निर्माण ब्यबसायी दाउत तामाङ पनि केही साथी भाइको साथ र सहयोग मा कोबिड नियन्त्रण गर्न का लागि हामी सबै एकजुट हौ भने मुल नाराका साथ अक्सिजन खरिद तथा व्यवस्थापन अभियानमा लागेको बताए । उनले आफ्नै गाडीमा अक्सिजन खरिद गरेर ल्याइदिने कार्यलाई अघि सरेका छन । यतिखेर उनी सामाजिक कार्यहरुमा अग्रपङ्क्तिमा देखिन्छन । उनी पुनर्वासमा स्थापित अरनिको युवा कल्वका अध्यक्ष , र अरनिको आधारभुत बिधालय अरनिकोबस्तीका ब्यबस्थापन समितिका अध्यक्ष समेत हुन ।नेपाल ट्रेड युनियन काँग्रेस पुनर्वास नगर कमिटी अध्यक्ष समेत रहेका दाउत यतिबेला मानव सेवा नै ठूलो धर्म हो भन्दै बिरामीहरुको लागि निशुल्क अक्सिजन सिलिन्डर बितरण अभियानमा दिनरात लागिरहेका छन् । उनले बाँकेको नेपालगन्ज देखि अक्सिजन खरिद तथा व्यवस्थापन अभियानमा मिरा चन्द किरण ठकुरी, शुकमाया मोक्तान दिनेश शर्मा र भागीरथी बिष्टको टिम सगै सहकार्य गर्दै अक्सिजन सिलिन्डर ल्याएर निःशुल्क बितरणको अभियानमा जुटेका छन् । उनले अहिलेसम्म १८ वडा अक्सिजन सिलिन्डर बितरण गरिसकेका छन् ।
उनको यो परोपकारी काममा उनिसंगै यो अभियानमा नेबिसंघ क्षेत्र नमबर १ का पुर्व अध्यक्ष खगेन्द्र ओझा र पुनर्वास नगरपालिका ६ का नेपाली काँग्रेस सभापति मानु रोकाया पनि जोडिएका छन् । ओझा पुनर्वासका संस्थागत बिधालयका सञ्चालक समेत हुन । उनिहरुको टीमले नेपालगन्ज बाट सदरमुकाम देखि झण्डै ७५ किमिको दुरिमा रहेको दक्षिणी क्षेत्रका पुनर्वास नगरपालिका , बेलौरी नगरपालिका , बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका बिरामीहरुलाई अक्सिजनको ब्यबस्थापन गर्न सरकारी निकायले कुनै पहल नगरी रहेका बेला परोपकारी युवाहरु आफ्नै लगानी र अक्सिजन खरिद तथा व्यवस्थापन अभियानको साझेदारीमा अक्सिजन सिलिन्डर खरिद गरि निःशुल्क बितरण गर्दै आएका छन् ।
अभिभावक विहिन जनता अब जागरुक भै सकेको छ । यस्तो बिसम परिस्थितिमा जनताको अमुल्य मत प्राप्त गरी राज्य सत्तामा रहेका जनप्रतिनिधिहरुले यस महामारी नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनताको जिउ धनको सुरक्षार्थ सम्बन्धित सरोकारवाला निकाय गम्भीर भई स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकारको ध्यान जानुपर्ने स्थानिय नागरिक बताउछन् ।