• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दुवै मृगौला फेल भएका युवकद्वारा ज्यान जोगाइ दिन सहयोगको याचना

धनगढी, ५ जेठ/दुवै मृगौला फेल भएका बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका एक युवकले उपचारमा सहयोग गरेर आफ्नो ज्यान जोगाइ दिन याचना गरेका छन् । आर्थिक अभावले थप उपचार गर्न समस्या भएपछि मृगौला रोगबाट पीडित १८ वर्षीय रामप्रसाद जैसी र उनका आफन्तले सहयोगको याचना गरेका हुन् ।
विगत आठ वर्षदेखि मृगौला रोगबाट पीडित उनी दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् । गरिबीका कारण परिवारले थप उपचार गराउनसक्ने अवस्था नभएपछि जोशी अस्पतालको शैय्यामा जीवन र मरणको दोसाँधमा छन् ।उनका बुवा छैनन् । परिवारको एक्लो छोरा उनका तीन दिदीबहिनीकोमध्ये दुई जनाको विवाह भइसकेको छ । आमाले उपचार गराउन सक्ने अवस्था नभएपछि उनका भिनाजु पदमराज रेग्मीले उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले पनि व्यहोर्न सक्ने अवस्था नरहेको रेग्मीले बताए । पीडितको परिवारका अनुसार चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् ।

मृगौला प्रत्यारोपणका लागि १०–१२ लाखभन्दा बढी रकम लाग्ने बुझिएको आफन्तले बताएका छन् । ‘अहिलेसम्म सक्दो उपचार गराइरहेको थिएँ, मृगौला प्रत्यारोपणका लागि लाग्ने त्यतिधेरै रकम मैले पनि जुटाउन सक्दैन ।’ रेग्मीले भने, ‘मृगौला फेर्न सके उसले नयाँ जीवन पाउथ्यो ।’ मृगौला प्रत्यारोपणका लागि लाग्ने खर्च व्यहोर्नसक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए ।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेपछि जैसीका आफन्त पैसाको खोजीमा भौतारिरहेका छन् । डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ ।आमाले उपचार गर्न सक्ने अवस्था नभएपछि उनका भिनाजु रेग्मी र आफन्तले उपचारमा सहयोग गर्दै आएका थिए । यसअघि भारतको बरेलीलगायत विभिन्न ठाउँका अस्पतालमा उनको उपचार गरिएको थियो ।

सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले रामप्रसादका भिनाजु पदम रेग्मीको मोबाइल नम्बर ९८६९६१३७६५ मा सम्पर्क गर्न वा उनकी दिदी कृष्नाकुमारी जैसीको नाममा सिद्धार्थ बैंक लिमिटेड ठीमी भक्तपुर शाखामा रहेको खाता नम्बर ०१७१५४१४३५० मा रकम जम्मा गर्नसक्ने छन् ।

बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.