लिलाजङ्ग शाही/बौनिया: नेपाली काङ्ग्रेस निकट सहयोग ब्यक्तीहरुको सहयोग कैलालीको बौनियामा कोरोना संक्रमितका लागि हेल्प डेस्क स्थापना गरेको छ । हेल्प्डेस्कबाट अत्यावश्यक मास्क, सेनिटाइजर वितरण गरिनुका साथै कोरोना संक्रमित बिरामीको उद्दारका लागि अटो एम्बुलेन्सको व्यवस्था गरिने नेपाली काँग्रेसकी महिला नेतृ ललिता भट्टले जानकारी दिईन् ।
उक्ता हेल्पडेस्कबाट मास्क बिना आवतजावत गर्नेलाई मास्क वितरण गर्नुका साथै सामान्यतया स्वास्थ्य साबधानिबारे परामर्श गरिने बताईएको छ । हेल्प डेस्कमा दैनिक दुईजना स्वयमसेवक खटिएर सेवा दिनेछन् ।कोरोना संक्रमित बिरामीको सहयोगार्थ काङ्ग्रेसले कोरोना संक्रमितका लागि सहयोगी हातहरु बर्दगोरिया तरुण दल र नेविसंघको पहलमा स्थापना गरेको हेल्प डेस्क एक हप्ता सम्म संचालन हुने छ ।
‘कोरोना संक्रमित भई अक्सिजनको अभाव झेलिरहेका बिरामीको लागि तत्काल अक्सिजन ऊपलब्ध गराउने छौ’ महिला नेतृ भट्टले भनिन्–‘एम्बुलेन्स तथा सवारी साधन नपाएका संक्रमतिका लागि उद्धा् गरी एम्बुलेन्स मार्फत अस्पतालसम्म समेत पुगाउने छ ।’
हेल्पडेस्कको बुधबार उद्घाटन गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँपालिका सभापति गणेश शाही, कोरोना सगयोगी हातहरु नामक संस्थाकी कोषाध्यक्ष ललिता जोशी भट्ट, बर्दगोरिया तरुण दलका सभापति जगत शाही, व्यवसायी तथा युवा नेता चक्र बहादुर बिष्ट, बौनिया बजार व्यवस्थापन समितिका महासचिव धिरज शाही लगाएतको उपस्थिति रहेको थियो ।